‘बाढीपहिराका कारण सडक डुबानमा परेकाले चाँडो खुलाउन लाग्नुपर्छ’ « Khabarhub

‘बाढीपहिराका कारण सडक डुबानमा परेकाले चाँडो खुलाउन लाग्नुपर्छ’


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरूले वर्षाका कारण सडक बाढीपहिराका कारण अवरुद्ध भएकाले चाँडो खुलाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै उनीहरूले वर्षाले नागरिकको जनजीवनमा असर पुगेको औँल्याएका हुन् ।

सांसद सिंहबहादुर विश्वकर्माले केही दिनयताको झरीले राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भासिएकाले सवारीसाधन ओहोरदोहोर गर्न अप्ठेरो भएको र सडक दुर्घटना भइरहेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

सांसद नन्दा चपाईंले कर्णाली प्रदेशमा कतै बाढीपहिरो र कतै डुबानको समस्या रहेको जनाउँदै तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम रहेकाले बस्तुगत अध्ययन गरी समस्या समाधान गर्नुपर्ने बताइन्। सांसद अनिता देवकोटाले भारतीय कम्पनीले निर्माण गरेको घोराही–तुलसीपुर सडक सम्पन्न नहुँदा नागरिकले सास्ती भोगेको बताइन् ।

सांसद खिमलाल देवकोटाले पोखरा महानगरपालिकाका निवर्तमान प्रमुखले फेवातालको मापदण्ड ६५ मिटरबाट ३५ मिटर बनाएको जनाउँदै पोखरामा बिना स्वीकृति आठ/नौ तलाका घर बनेकाले त्यो रोकिनुपर्नेमा जोड दिए। सांसद दिलकुमारी रावलले सरकारले स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) मा सहभागी नहुने सरकारको निर्णय भए पनि सेना प्रमुख सहभागी हुनुको कारण सोधिन्।

सांसद प्रकाश पन्थले शिक्षाको गुणस्तर खस्केको भन्दै राम्रो ग्रेड ल्याउनेलाई प्रमाणपत्र दिने र राम्रो ग्रेड ल्याउन नसक्ने विद्यार्थीका बारेमा पनि सोच्नुपर्नेमा जोड दिए। सांसद महेशकुमार महराले राहदानी विभागमा सेवा लिन आएका नागरिकले सजिलो सेवा नपाएको र काम गराउन थप पैसा तिर्नुपरेको बताएकाले त्यो रकम कसले लिन्छ भनी बुझ्नुपर्ने बताए।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : ०९ बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि