‘सुपर डान्सर नेपाल’ भुषणले निर्देशन गर्ने « Khabarhub

‘सुपर डान्सर नेपाल’ भुषणले निर्देशन गर्ने


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ नेपालमा प्रशारण हुने भएको छ। सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन सम्पन्न भइसकेको छ । जसमा नेपाल भरबाट आएका थुप्रै प्रतिभाहरुले सहभागिता जनाए । ती मध्येबाट केही उत्कृष्ठ डान्सरहरू अर्को चरणमा छानिन समेत सफल भए। 

यसै बिच ‘सुपर डान्सर नेपाल’ का सुपर जज मध्यका एक सुपर जज अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकोमा बधाई दिएको छ। शोमा आवद्ध सम्पूर्ण टिमले अभिनेता केसीलाई बधाई दिँदै शोलाई सञ्चारकर्मी भुषण दाहालले निर्देशन गर्ने जनाइएको छ। फिल्म निर्देशनको चर्चाकैबीच दाहालले शो निर्देशन गर्न लागेका हुन्।

आयोजित कार्यक्रममा निर्देशक दाहालले शो को एक्सन कटमा मात्र नभई आफूले शो मा रहेका हरेक विधाका साथीहरूको एउटा संयोजकको रुपमा काम गर्ने बताए । ‘म टेलिभिजनकर्मी हुँ। यसभित्र आउने हरेक च्यालेञ्जलाई इञ्जोय गर्दै एसेप्तट गर्छु’ निर्देशक दाहालले भने।  उनले टेलिभिजनमा छुटै पहिचान स्थापित गरेता पनि रियालिटी शो भने निर्देशन गरेका थिएनन्। 

‘मैले एक फिल्म र म्युजिक भिडियोहरू निर्देशन गरेको छु। यद्यपि रियालिटी शो मेरो नयाँ अनुभव हुनेछ। त्यसैले मैले यसलाई स्वीकारेको हुँ’ उनले भने। ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवनसँगै अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई छन् ।

देशका बिभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, चितवन, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन सम्पन्न भयो साथै नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो । कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कविता नेपाली रहने छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : २५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली