रोनाल्डोले तताएको फुटबल सरुवा बजार « Khabarhub

रोनाल्डोले तताएको फुटबल सरुवा बजार

चेल्सी, एट्लेटिको र बार्यनमध्ये कसले किन्ला च्याम्पियन सुपरस्टार ?



काठमाडौँ : विश्व फुटबलको सरुवा बजार यसै पनि तातेको छ । प्रिमियर लिगका स्टार खेलाडीको सरुवा बजार आकस्मिक र आश्चर्यजनक बनेपछि यतिबेला लण्डनमा ‘रोनाल्डोको हावा’ चलेको छ ।

रोनाल्डोअघि प्रिमियर लिगलाई चलायमान बनाएका खेलाडी रहिम स्टर्लिङ, गाब्रियल जिसस, रिचार्लिसन लगायतका खेलाडी रहे । म्यान्चेष्टर सिटीबाट स्टर्लिङ चेल्सी पुग्दा जिससले आर्सनल रोजे ।

बुन्डेसलिगाबाट सिटीले यो पुस्ताकै आकर्षक र महंगो खेलाडी एर्लिङ हालाण्ड ल्याएपछि जिसस र स्टर्लिङको सरुवा भएको हो ।

तर यी सबै स्टार खेलाडीको सरुवा बजारलाई छायामा पारेर यतिबेला यस शताब्दीकै सुपरस्टार क्रिष्टियानो रोनाल्डोले बजार तताएका छन् । ३७ वर्षको उमेरमा पनि रोनाल्डोले आफूलाई बिक्रीमा राखेका छन् ।

म्यान्चेष्टर युनाईटेडले च्याम्पियन्स लिग खेल्न सक्ने हैसियत नबनाएपछि च्याम्पियन रोनाल्डो सरुवा बजारमा बिक्रीका लागि बसेका हुन् । उनले आफूलाई जतिसक्दा चाँडो स्वतन्त्र छाड्न म्यान्युसामु बिन्ती गरिरहेका छन् । यसका लागि उनका फुटबल गुरु सर एलेक्स फर्गुसन पनि म्यान्चेष्टर पुगेका थिए ।

तर सही उपाय अझै निस्किएको छैन । युभेन्ट्सबाट सिटीका लागि उडान भर्ने तयारी गरेका रोनाल्डो अन्ततः आफ्नो पहिलो प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडमा अवतरण गरेका थिए ।

रियल म्याड्रिड र युभेन्टसमा सफल यात्रा पुरा गर्दै रोनाल्डो दोस्रो कार्यकालका लागि म्यान्चेष्टर आएका थिए । म्यान्चेष्टर यूनाइटेडमा आएको पहिलो वर्ष नै रोनाल्डोले क्लबका लागि सर्वाधिक गोल गरेका थिए । तर उनको गोलले म्यान्युलाई प्रिमियर लिगको चौथो क्लब पनि बनाउन सकेन । यसबापत उनले युरोपा लिग खेल्नुपर्ने बाध्यता बन्यो ।

म्यान्चेष्टरसँग रोनाल्डोको अब केवल एक वर्षको सम्झौता बाँकी छ । अर्को एक वर्ष थप गर्न सकिने विकल्प पनि सम्झौतामा उल्लेख छ । तर, रोनाल्डो म्यान्चेष्टरमा भविष्य देखिरहेका छैनन । अहिलेकै प्रदर्शनले म्यान्चेष्टरले च्याम्पियन्स लिग खेल्न पनि सम्भव छैन ।

यस्तो अवस्थामा रोनाल्डो जसरी पनि क्लब छाड्न चाहन्छन् । उनी च्याम्पियन्स लिग खेल्नकै लागि लण्डन छाड्न लागेका हुन् । उनको एउटै हिसाबकिताब भनेको च्याम्पियन्स लिग खेलेर फेरि पनि गोल गर्ने हो । आफ्नो कीर्तिमान सुधार गर्ने हो ।

तर यसमा उनको क्लब बाधक बनिरहेको छ । यसका लागि अनेकौ छलफल भइरहेका छन् । रोनाल्डोबाट गोल र व्यापार दुई वटै राम्रोसँग भइरहेपछि म्यान्यु सजिलै उनलाई उम्किन दिने पक्षमा छैन ।

रोनाल्डोको सम्भावित नयाँ गन्तव्य

रोनाल्डोले यस वर्ष पनि च्याम्पियन्स लिग खेल्ने सपना पूरा गर्न लण्डनभित्र र बाहिरका क्लबमा प्रयास गरिरहेका छन् । उनी सरुवा बजारमा आएको हल्ला पाएसँगै उनका लागि केही क्लब इच्छुक देखिएका छन् ।

जस्तो बायर्न म्युनिक । जसले बुन्डेसलिगामा जित्न बाँकी केही पनि छैन । दुई वर्षअघि च्याम्पियन्स लिग जितेको बायर्नले लेवान्डोस्की बेचेपछि उनको विकल्पमा सुपरस्टारका रुपमा रोनाल्डोलाई किन्न खोजिरहेको छ ।

यसको एउटै अर्थ हो, रोनाल्डोबाट कम्तीमा जर्सी र ब्राण्डको व्यापार भइरहोस् । यसमा रोनाल्डोको पनि चाहना छ । किनकी रोनाल्डोले ला लिगा, प्रिमियर लिग र सीरी ए खेलिसकेका छन् ।

रोनाल्डो अब बुन्डेसलिगा खेल्न चाहन्छन् । नयाँ नयाँ क्लबाट खेल्ने उनको चाहना हुन्छ । त्यसलाई सफल र सम्भव पार्न सबै त्याग गर्ने रोनाल्डोको बानी छ । यसका लागि बायर्न उनको उपयुक्त गन्तव्य हो ।

तर यसका लागि म्यान्चेष्टरले आवश्यक रकम तोकेको छैन । ठूलो रकम भनेको खण्डमा बायर्न रोनाल्डोको माया मार्न सक्छ । तर रोनाल्डो केवल च्याम्पियन्स खेल्न मात्रै क्लबमा आउने भएकाले बायर्नका लागि उनी यतिबेला ‘हट केक’ हुन् ।

बायर्नले अहिलेसम्म रोनाल्डोजस्तो शताब्दीकै सुपरस्टार भेटेको पनि छैन । त्यसकारण पनि रोनाल्डोको पहिलो गन्तव्य जर्मनीको राजधानी म्युनिक हुन सक्छ ।

रोनाल्डोको अर्को सम्भावित गन्तव्य हो, एट्लेटिको मड्रिड । ला लिगाको प्रभावशाली क्लब एट्लेटिको च्याम्पियन्स लिग जित्न रोनाल्डो किन्न सक्छ । त्यसमाथि रोनाल्डोले गर्दा नै एट्लेटिकोको च्याम्पियन्स लिग जित्ने सपना तुहिएका थिए ।

एकपटक मात्रै होइन, तीनपटक नै रोनाल्डोले च्याम्पियन्स लिग जित्ने एट्लेटिकोको यात्रामा पूर्णविराम लगाएका थिए । जसमा दुईपटक त फाइनल मात्रै थिए । यो इखका लागि पनि एट्लेटिको रोनाल्डो किन्न चाहन्छ ।

अन्तिममा उनै रोनाल्डोलाई किनेर एट्लेटिको च्याम्पियन्स लिग जित्न सक्छ । यसका लागि रोनाल्डोको ‘रिजिल क्लज’ हेरेर एट्लेटिकोले केही कदम चाल्न सक्छ । रोनाल्डो र एट्लेटिको व्यवस्थापक पक्ष पनि यसमा तयार देखिन्छ । तर लण्डनबाट बाहिरिने रोनाल्डोको उपयुक्त विकल्प टुंगिसकेको छैन ।

रोनाल्डोको अर्को सम्भावित क्लब हो, चेल्सी । प्रशिक्षक थोमस टुचेलबाहेक चेल्सी व्यवस्थापन पक्ष रोनाल्डोको लागि तयार छ । तर म्यान्चेष्टर छाड्ने रोनाल्डोको सही विकल्पको पर्खाईमा चेल्सी छ ।

टुचेलकै प्रशिक्षणकाल चेल्सी दोस्रोपटक च्याम्पियन्स लिग जित्न चाहन्छ । अहिले रहिम स्टर्लिङ उपयुक्त विकल्प भएकाले रोनाल्डो क्लबमा आए खेलाउन समस्या हुने तर्क टुचेलको छ ।

तर च्याम्पियन्स लिगका लागि रोनाल्डो एक मात्रै सुपरस्टार विकल्प हुन् । यसका लागि चेल्सी व्यवस्थापन पक्ष उनका लागि रेडकार्पेट ओछ्याउन तयार छ ।

तर त्यसका लागि पनि रोनाल्डोको बहिर्गमन म्यान्चेष्टरबाट टुंगिनु जरुरी छ । रोनाल्डो मानसिक रुपमा म्यान्चेष्टरबाट जसरी पनि बाहिरिने पक्षमा छन् । तर ओल्डट्राफोर्ड रोनाल्डोले सोचेजसरी आफ्नो आम्दानीको ठूलो हिस्सा त्यत्तिकै गुमाउने पक्षमा छैन ।

सोही विकल्पका लागि पछिल्लो समय क्लबकै अफिसमा यसबारे दर्जनौपटक छलफल चलिरहेका छन् । जसबाट बाहिरिने सूचनाका कण कण पनि सुन्न रोनाल्डोका फ्यान कान थापेर बसिरहेका छन् । जुन अब आउने सूचना वा समाचार कि रोनाल्डोको पक्ष र हितका लागि हुनेछन्, कि त उनको फ्यानका लागि औपचारिकता मात्रै ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ३४ बजे

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको

संसद्‍मा जुहारी : सरकारको गतिविधिलाई प्रतिपक्षीले दिए मण्डलेको संज्ञा, रास्वपाले सांसदले मागे प्रमाण

काठमाडौं- संसद्‌को मंगलबार बसेको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको

आज देश संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ : अमरेश सिँह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेकुमार सिंहले देश संकटमा रहेको

जबर्जस्ती हटाइएका सुकुम्वासी घर न घाटका : सरकारसँग अझै छैन व्यवस्थापन योजना

काठमाडौँ- १२ वैशाखमा सरकारले काठमाडौँ महानगरपालिका–३१ मनोहरा खोलाकिनार थापाथलीमा अवस्थित