बागलुङमा कृषि र पशुपालनमा १५ करोड बढीका योजना | Khabarhub Khabarhub

बागलुङमा कृषि र पशुपालनमा १५ करोड बढीका योजना


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – जिल्लामा सङ्घीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झन्डै रु १५ करोड खर्च गर्ने भएका छन् । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सो रकम ती दुई सरकारले विनियोजन गरेका हुन् ।

गण्डकी प्रदेश सरकारअन्तगर्तका कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङ तथा सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्पmत उक्त बजेट खर्च हुने भएको हो । कृषि ज्ञान केन्द्रले रु पाँच करोड ५५ लाख बजेट पाएको छ । सोमध्ये चालु खर्च रु पाँच करोड ४३ लाख १० हजार र पुँजीगत खर्च रु ११ लाख मात्रै रहेको कार्यालय प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । उत्पादनमा अनुदान, किसान प्रोत्साहनका लागि अनुदान, पूर्वाधार निर्माण तथा क्षमता विकासका क्षेत्रमा उक्त बजेट खर्च हुनेछ ।

केन्द्रले चालु आवमा ३० साना सिँचाई आयोजना, दुई ग्रामीण पोषण सुधार कार्यक्रम, रैथानेबाली संरक्षण, विशेष बाली प्रवर्द्धन, नयाँ बगैँचा स्थापना क्षेत्रविकास कार्यक्रम, तरकारी उत्पादनमा प्रोत्साहन कार्यक्रम, बाली बीमा र आकस्मिक बाली संरक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले चालु आर्थिक वर्षमा रु चार करोड ८८ लाख ९१ हजार खर्च गर्ने छ । विनियोजित बजेटअनुसार रु चार करोड ६९ लाख ९१ हजार चालु खर्चका लागि बजेट पाएको केन्द्रले रु १९ लाख पुँजीगत खर्च गर्ने छ ।

चालुतर्फ प्रशासनिक खर्च, तालिम तथा गोष्ठी, सीप विकास र जनचेतना तथा कार्यक्रमका लागि विनियोजित बजेट खर्च हुनेछ । पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, पशु आनुवंशिक स्रोत संरक्षण कार्यक्रमलगायतका कार्यक्रममा पुँजीगत खर्च हुने केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले सुनाए ।

त्यस्तै बागलुङ र पर्वत तथा गुल्मीको दुई स्थानीय तहसमेत कार्यक्षेत्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बागलुङमा मात्रै झन्डै रु पाँच करोड रुपैयाँ खर्च गर्दैछ । पकेट, ब्लक र जोन कार्यक्रम सञ्चालनमार्फत उक्त बजेट खर्च हुने परियोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख सुजित पौडेलले जनाए । जिल्लामा आलु जोन र बाख्रा जोन कार्यक्रम सञ्चालनमा रहेका छन्भने पकेट र ब्लक कार्यक्रम एक दर्जनभन्दा धेरै छन् ।

स्थानीय सरकार सञ्चालन ऐनले कृषि र पशुपालन क्षेत्रको अधिकार स्थानीय तहलाई दिएको भए पनि स्थानीय तहको बजेटकै हाराहारीमा सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले समेत बजेट खर्च गर्ने छन् । सशर्त र निशर्त गरी यहाँका १० स्थानीय तहले एकदेखि दुई करोडकाबीचमा बजेट विनियोजन गरेका छन् । यहाँका गाउँपालिकाभन्दा नगरपालिकाले कृषि तथा पशुपालनका लागि कम बजेट विनियोजन गर्ने गरेका छन् । सङ्घीय तथा प्रदेश सरकार मातहातका कार्यालयका कार्यक्रमसमेत कृषकसँग सिधै जोडिनेभन्दा विभिन्न शीर्षकमा टुक्रा पारेर खर्चमात्रै बढाउने गरी आएका छन् ।

तीनवटै कार्यालयले हालै आगामी आवका कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममार्फत सर्वसाधारणलाई जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले कार्यक्रम कार्यान्वयनमा जोड दिए। विनियोजित कार्यक्रम किसानको खेतबारीमा पुगेमा मात्रै ती कार्यक्रम सफल हुने उनको धारणा थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : २५ बजे

अख्तियार प्रमुख प्रेमकुमार राई विरुद्ध छानबिन माग गर्दै उजुरी

काठमाडौं– वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली

ऊर्जामन्त्री भन्छन्- २१ वर्षअघि टाँगेका तारले मधेशमा बिजुलीको माग धान्दैन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुख्खा संकटग्रस्त मधेश

मोदीद्वारा माल्दिभ्ससँग सम्बन्ध नवीकरण

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार माल्दिभ्सको भ्रमण समाप्त

एजुकेसन कन्सल्टेन्सीहरूमा उपभोक्ता विभागको अनुगमन, दर्जनौँ कारबाहीमा

काठमाडौं– विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा अध्ययन गर्न परामर्श दिने उद्देश्यले खोलिएका

अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो

डेनभर, अमेरिका– अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा जहाज ठूलो