उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो « Khabarhub

उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो



दोहा – साउदी अरबमा सवारी दुर्घटना परी गम्भीर घाइते भई अस्पतालमा उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

२०१० देखि साउदी अरबमा कार्यरत रहेको र २०११ सालमा सडक दुर्घटना परी गम्भीर घाइते भई विगत ११ वर्षदेखि साउदीको दम्मामस्थित अल मौवासत अस्पतालमा उपचाररत साबिक धनुषा जिल्ला वारामझीया गाविस वार्ड नम्बर एक घर भएका चंडेश्वर मुखियालाई उद्धार गरी नेपाल एयरलाइन्स मार्फत नेपाली फर्काइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

२०११ देखि साउदीमा उपचाररत मुखियाको उपचार खर्च निजको स्वास्थ्य बिमाले कभर गर्न छाडेपछि पनि कम्पनीले उनको उपचार निरन्तर गरिराखेको तर सडक दुर्घटना टाउकोमा गम्भीर चोट लागेको उनलाई धेरै लामो समय अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार नआएपछि कम्पनीले उनको परिवारलाई केही आर्थिक सहयोग गरेर नेपाल पठाउन चाहेको थियो ।

तर, परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उनलाई नेपाल ल्याएर अस्पतालमा उपचार गर्न सक्ने अवस्था नरहेको परिवारले कम्पनीलाई जानकारी गराएपछि साउदीमै उपचार भइरहेको थियो ।

२०१८ कम्पनीले दूतावासलाई पटक- पटक सम्पर्क गरेर उनलाई नेपाल पठाउने व्यवस्था गर्न आग्रह गरिरहेको भएपछि नेपालमा परिवारले जिम्मा नलिँदा यसअघि पठाउन नसकिएको दूतावासले जनाएको छ । पछि कम्पनी सम्पर्क आउन छोडेपछि कै अस्पतालको विल ४० हजार साउदी रियाल नाघिसकेको थियो ।

अस्पतालले उनको उपचार खर्च बापतको विल जिम्मा लिन र उनलाई नेपाल फर्काउन दूतावास समक्ष अनुरोध गरेको र दूतावासले अस्पताल प्रशासनसँग धेरै पटक छलफल गरेपछि उनको उपचारमा खर्च भएको ४० हजार साउदी रियाल मिनाहा गर्न अस्पताल राजी भएपछि नेपाल फर्काउन सम्भव भएको हो ।

अस्पतालले उपचार खर्च मिनाहा गरिदिनुका साथै उनलाई दमामबाट रियाद विमानस्थलसम्म एम्बुलेन्समा निःशुल्क ल्याइदिएको ल्याइदिएको थियो । साथै, दूतावासले नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न, उनलाई एक जना नर्ससहित स्ट्रेचरमा राखेर नेपाल लैजाँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने र नेपाल एयरलाइन्ससँग पहल गरेको थियो ।

दूतावासले बिरामीको आवश्यक कागजातसहित एक्जिट भिसाको लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ४९ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को