कानुनअनुसार नै अनधिकृत संरचना हटाएका हौँ : बालेन  « Khabarhub

कानुनअनुसार नै अनधिकृत संरचना हटाएका हौँ : बालेन 


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले कानुनअनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण दिएका छन्।

उनले निकालेको प्रेस विज्ञप्तिमा ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुन्छ। कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो।’ लेखिएको छ।

अनधिकृत संरचना भत्काउन डोजर लिएर आफैँ हिँडेपछि राजनीतिक दलका नेताहरु मेयर बालेनविरुद्ध खनिएका छन् । महानगरलाई सुन्दर र सफा बनाउनुभन्दा कार्यकर्ता खुसी पार्ने ध्याउन्नमा लागेका दलको विरोधपछि मेयर साहले आफूमा अन्तर्निहित कार्यकारिणी अधिकार प्रयोग गरेरै काम गरिरहेको जनाएका हुन् ।

अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएको उनले बताएका छन्। कानुनको पालना गर्न ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैर कानुनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नुपरेको उनले बताएका छन्।

हेर्नुहोस् मेयर साहको विज्ञप्ति 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : १९ बजे

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)