शङ्खरापुर नगरपालिकामा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क « Khabarhub

शङ्खरापुर नगरपालिकामा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीको पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीलाई निःशुल्क तथा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको नगर प्रमुख रमेश नापितले बताए।

अस्पतालमा उपलब्ध सेवामध्ये सात स्वास्थ्य सेवा पूर्ण रुपमा निःशुल्क र ११  स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशत छुट हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख नापित र अस्पतालको तर्फबाट निर्देशक डा.सन्तोषबिक्रम भण्डारीबीच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको नगर प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए।

यो सेवा आजैदेखि सुरु भएको उनले सुनाए । समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन भएको बताउँदै नगरवासीको सेवामा नगरपालिका दत्तचित्त भएर लागिपरेको सुनाए। न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत वञ्चित भएका नगरवासी सम्झौताबाट लाभान्वित हुनेछन् । कोही पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित नहोउन् भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रम लिएर अघि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

 कुन उपचारमा कस्तो सुविधा

सम्झौताअनुसार डेन्टल ओपिडी (कस्मेटिक बाहेक), जेनेरल ओपिडी, प्लास्टिक सजर्री (कस्मेटिक बाहेक), इमेर्जेन्सी, फिजियोथेरापी ओपिडी, ड्रेसिङ र नर्मल बेड निःशुल्क गर्ने सम्झौता भएको छ ।

यस्तै इन्भेस्टिगेशनअन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपिडीअन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटीमा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। निःशुल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रशासन प्रमुख सुभद्रा पुडासैनी, नगर स्वास्थ्य प्रमुख विष्णु चापागार्इँ र अस्पतालको तर्फबाट सुजाता कोइरालाका स्वास्थ्य सल्लाहकार डा.राम भण्डारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ५ : ५९ बजे

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र

लागुऔषध मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ

पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ– बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन