एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता | Khabarhub Khabarhub

एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रवीन्द्रबहादुर धानुकले काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत २५ साउनमा वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक धानुक र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भरतबहादुर बोहरा, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीबीच हस्ताक्षर भएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू अक्षरंस पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिँदै आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवं नियमित, अनुगमन र सुपरिवेक्षण गर्नसमेत आग्रह गरे । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धिमूलक हुने विश्वास धानुकले व्यक्त गरे ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ०७ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल