सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने धर्मेन्द्र बास्तोलाको चेतावनी | Khabarhub Khabarhub

सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने धर्मेन्द्र बास्तोलाको चेतावनी


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफूहरूसँग गरेको सहमति राज्य पक्षबाट उलंघन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैर जिम्मेवार भएको पेश भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए।

संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्दा फिर्ता लिन नसकिने बताएको जिकिर गरे। त्यस्तै उनले संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए। अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने र दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुने उनले बताए । त्यस्तै उनले भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको बताउँदै खारेज गर्नुपर्ने धारणा राखे।

त्यसैगरी संयोजक बास्तोलाले कालो धन कमाएका सरकारका उच्च अधिकारीले मिटरब्याजी भएको आफ्नो पार्टीलाई सूचना आइरहेको बताउँदै त्यस्तालाई कारबाही गर्न सरकारसँग माग गरे।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ३६ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु