तालिबानद्वारा राष्ट्रिय सेना गठन « Khabarhub

तालिबानद्वारा राष्ट्रिय सेना गठन


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्ष अफगानिस्तानको शासन कब्जा गरेको तालिबानले राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार राष्ट्रिय सेनामा एक लाख ५० हजार जनालाई समावेश गरिएको छ । बख्तरले उक्त सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ ।

राष्ट्रिय सेनामा हाल एक लाख ५० हजार कर्मचारी रहेका र त्यसमा अझ वृद्धि हुनसक्ने कार्यवाहक रक्षामन्त्री मोहम्मद याकुव मुजाहिदलाई उद्धृत गर्दै बख्तरले जनाएको छ । रक्षा मन्त्रालयको प्राविधिक टोलीले बितेको एक वर्षमा बिग्रेका ६० वटा हेलिकप्टर मर्मतसम्भार गरेको छ ।

गत वर्षको अगष्टमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फर्किएपछि त्यहाँको सरकारलाई सत्ताच्युत गरेर तालिवान समूह सत्तामा आएको हो ।

अमेरिकी नेतृत्वको सुरक्षा फौज अफगानिस्तानमा सक्रिय रहँदा एक लाख ५० हजार जनाको राष्ट्रिय सेनासहित तीन लाख ५० हजार सम्मिलित सुदृढ सुरक्षा बलले देशमा शान्ति सुव्यवस्था कायम गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : १९ बजे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी