लमजुङमा दुर्घटना कम गर्न ट्राफिक व्यवस्थापन अभियान सुरु « Khabarhub

लमजुङमा दुर्घटना कम गर्न ट्राफिक व्यवस्थापन अभियान सुरु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले ट्राफिक व्यवस्थापन अभियान सुरु गरेको छ । दुई पाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात  गरेको हो ।

नेपालमा हुने दुर्घटनामध्ये दुई पाङ्ग्रेको सङख्या अत्यधिक छ, दुई पाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न बेसीशहरमा ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

ट्राफिक व्यवस्थापन तथा सुधार अभियान अन्तर्गत विशेषत प्रहरीले दुई पाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण दिने, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारी साधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइनेछ ।

 सवारी साधनको सङख्या बढ्दै गएको र सडक संरचनाका कारण दुर्घटना हुने गरेकाले सडक संरचना सुधारको आवश्यकता रहेकाले उक्त कार्यक्रम सञ्चालन गरीएको डिएसपी श्रीमलको भनाई छ ।

यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुई पाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर एक हप्तासम्म अभियानबारे जानकारी दिइने ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख विष्णुबहादुर नेपालीले जानकारी दिए ।

जिल्लामा सवारी दुर्घटना बढी मात्रामा दुई पाङ्ग्रे सवारी साधनका कारण भएकाले ती सवारी चालकलाई ट्राफिक सचेतनाबारे जानकारी गराइने नेपालीको भनाई छ । अभियान सुरु भएसँगै बेसीशहर बजारमा आइतबारबाट एक साइड पार्किङ निषेध अभियान समेत सुरु गरीएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ०० बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा