भारतीय सेनाको ३१ सदस्यीय टोली नेपालमा « Khabarhub

भारतीय सेनाको ३१ सदस्यीय टोली नेपालमा


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाको टोली नेपाल आएको छ । ३१ सदस्यीय टोली पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएको हो । भम्रणदलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्।

नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहित टोली नेपाल आएको हो । उनीहरूले भदौ १६ गतेसम्म नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनका साथै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ।

भ्रमणदलले सोमबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन्। सोमबार नै उनीहरूले जंगी अड्डाको भ्रमण गर्ने कार्यक्रम पनि छ।

यस्तै मंगलबार पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम छ।साथै भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ।

छिमेकी मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् वृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। विगतमा पनि विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने प्रचलन रहिआएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : १७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना