विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह « Khabarhub

विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ ।

मन्त्रालयले आज परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासङ्घमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो । तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ ।

सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब र ज्यालामा विभेद गरिएकाले आन्दोलन सुरु भएको हो । परिषद्ले गत साउन २३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी माग पूरा गर्न आग्रह गरेकामा समस्याको समाधानका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : १९ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग