इस्लामिक स्टेटका १८ सय लडाकुलाई रिहा गरेको तालिबानद्वारा स्वीकार « Khabarhub

इस्लामिक स्टेटका १८ सय लडाकुलाई रिहा गरेको तालिबानद्वारा स्वीकार


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा गत वर्ष तालिबानले सत्ता कब्जा गरेसँगै १८ सय भन्दा धेरै इस्लामिक स्टेटका लडाकु जेलबाट रिहा भएको तालिबानले जनाएको छ ।

तालिबानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले जनाएअनुसार गत वर्ष तालिबानले बाग्राम र पुल ए चार्खीमा रहेका जेलबाट १८ सयभन्दा धेरै इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको जनाएका हुन् ।

द फ्रन्टियर पोस्ट्ले जनाएअनुसार विदेशमन्त्री मुत्ताकीले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको स्वीकार गरेका हुन् । यद्यपि उनले हाल आफ्नो समूह मजबुत भइसकेको एवम् इस्लामिक स्टेटविरुद्ध लड्न सक्षम रहेको समेत दाबी गरेका छन् ।

उनले गत वर्ष आफ्ना लडाकुले मुलुकको जवजवान प्रान्तमा इस्लामिक स्टेटका केही लडाकुलाई घेराबन्दीमा पारेको भएपनि पूर्ववर्ती सरकारले उनीहरुलाई राजधानी काबुलतर्फ लगेको समेत दाबी गरे ।

यसअघि अमेरिकी अधिकारीले तालिबानले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरेका कारण उक्त समूह अफगानिस्तानमा मजबुत बन्दै गएको जनाएका थिए ।

पछिल्लो समय इस्लामिक स्टेटले अफगानिस्तानमा सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी विभिन्न घातक हमलाहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : २८ बजे

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई