नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिको बैठक भोलि बस्ने « Khabarhub

नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिको बैठक भोलि बस्ने


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिले भोेलि बैठक बोलाएको छ । प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

समितिले भोली मध्यान्ह १२ बजे नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न बैठक बोलाएको हो । अब विषयगत समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।

बैठकमा गृह मन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाको आज बसेको बैठकले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै सो विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

गृहमन्त्री खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक –२०७९ लाई पुर्नविचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी पेश भएको प्रस्ताव आजको बैठकबाट सर्वसम्मतले पारित गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ३३ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा