नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिको बैठक भोलि बस्ने « Khabarhub

नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिको बैठक भोलि बस्ने


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिले भोेलि बैठक बोलाएको छ । प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

समितिले भोली मध्यान्ह १२ बजे नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न बैठक बोलाएको हो । अब विषयगत समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।

बैठकमा गृह मन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाको आज बसेको बैठकले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै सो विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

गृहमन्त्री खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक –२०७९ लाई पुर्नविचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी पेश भएको प्रस्ताव आजको बैठकबाट सर्वसम्मतले पारित गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ३३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग