एन्फाको विशेष साधारणसभा आज हुँदै, दुई सदस्यको टुंगो लगाइने « Khabarhub

एन्फाको विशेष साधारणसभा आज हुँदै, दुई सदस्यको टुंगो लगाइने


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज हुँदैछ ।  त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधारणसभाले कार्यसमितिमा बाँकी रहेका दुई सदस्यको लागि निर्वाचित गर्नेछ ।

असार ६ मा सम्पन्न एन्फाको २१औं चुनावी साधारणसभाले २१ सदस्यीय कार्यसमितिमध्ये १९ जनाको मात्रै टुङ्गो लगाएको थियो ।
चार सदस्यबीच मत बराबरी भएपछि विशेष साधारणसभामा बाँकी दुई सदस्यका लागि निर्वाचन हुने बताइएको थियो ।

जसअनुसार रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, दीपक थापा र दिपेन्द्र धिमालबीच निर्वाचन हुनेछ । चारै जनाले समान ३९ मत प्राप्त गरेका थिए । चार मध्ये अधिकारी, गुरुङ र थापा तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलका हुन् भने धिमाल वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका हुन् ।

असार ६ को चुनावी साधारणभाले अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दीपक खतिवडा र दावा लामा , महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ, १३ खुल्ला सदस्यहरूमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द, टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढथापा र मणिराज विष्ट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : २० बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि