बंगलादेशमा आयोजना हुन लागेको पर्यटन प्रदर्शनीमा सहभागी हुने नेपाली टोलीको विदाई « Khabarhub

बंगलादेशमा आयोजना हुन लागेको पर्यटन प्रदर्शनीमा सहभागी हुने नेपाली टोलीको विदाई


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेको नवौं एशियन टुरिजम फेअर नामक पर्यटन प्रदर्शनीमा सहभागी हुन नेपालबाट १२ जना पर्यटन व्यवसायीहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।

कार्यक्रममा सहभागी हुन जाने व्यावसायीहरुको टोलीलाई  नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्यूत गुरागाई र महासचिव कुमारमणी थपलियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् ।

प्रदर्शनीमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नाट्टाका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले गर्नेछन् । प्रदर्शनी आगामी सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म सञ्चालन हुने नाट्टाले जनाएको छ ।

यस वर्षको कार्यक्रममा आयोजकले नेपाललाई ‘पार्टनर कन्ट्री’ को स्थान दिएको नाट्टाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनीअंतर्गत बंगलादेशस्थित नेपाली राजदूतावासले रात्रिभोजसहित नेपाल नाइट नामक कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

कोभिड–१९ को महामारीले प्रभावित पर्यटन व्यवसाय पुनः सुचारु हुन लागेको एवम् नेपालमा पर्यटन सिजन पनि सुरु हुन लागेको समयमा बंगलादेशमा आयोजना गरिने यस क्षेत्रमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ४० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस