विश्वकप हेर्न कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने  « Khabarhub

विश्वकप हेर्न कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने 



दोहा – आगामी २० नोभेम्बरदेखि सुरु हुने विश्वकपका लागि कतार आउनेले कोरोना परीक्षण गर्न नपर्ने भएको छ।

१ नोभेम्बरदेखि कतार प्रवेश गर्ने कसैले पनि पीसीआर र एन्टिजेन परीक्षण गर्न नपर्ने यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कतारी नागरिक र यहाँ भएका विदेशीले पनि अब अर्को देशबाट फर्केको २४ घण्टाभित्र पीसीआर वा एन्टिजेन जाँच गराउनु नपर्ने भएको छ।

१८ डिसेम्बरसम्म चल्ने विश्वकपका ६४ खेल खेलका लागि कतारले आठ अत्याधुनिक रंगाशाला बनाइसकेको छ। ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा विश्वकपको भव्य उद्घाटन हुनेछ।

पहिलो खेल २० नोभेम्बरमा कतार र इक्वेडरबीच हुनेछ भने १८ डिसेम्बरमा कतारको राष्ट्रिय दिवसको दिन फाइनल तथा अन्तिम खेल हुनेछ।

कतारले विश्वकपका लागि रेल प्रणाली, सडक सञ्जाल, होटेल, अपार्टमेन्ट र एयरपोर्ट जस्ता धेरै पूर्वाधारहरू निर्माण वा स्तरोन्नति गरिसकेको जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ५१ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण