घरमै बेहोस भएका वडा अध्यक्षको निधन « Khabarhub

घरमै बेहोस भएका वडा अध्यक्षको निधन


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा – नेकपा एमालेबाट निर्वाचित गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ।

भाइटिकाको दिन साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रहरीका अनुसार घर मा नै बसिरहेको बेला दिउँसो एक्कासि लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पतालमा पुर्‍याइएको थियो।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न नसके जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एमाले निकट युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : ४५ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा