अमेरिकाका विद्यालयमा हुने बन्दुक आक्रमणका घटना यसवर्ष झन् धेरै « Khabarhub

अमेरिकाका विद्यालयमा हुने बन्दुक आक्रमणका घटना यसवर्ष झन् धेरै


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिड्नी – संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन्। अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो। सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो।

सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको समाचारमा जनाइएको छ।

सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना दुई सय ५० वटा भएका थिए। ती घटनाका तुलनामा अहिले बढेको अष्ट्रेलियाली मिडिया नेटवर्क संस्था द कन्भरसेसन्सले जानकारी दिएको हो।

सो संस्थाले तीन जना अमेरिकी अपराध न्यायसम्बन्धी विज्ञसँग पनि अमेरिकामा विद्यालय, विश्वविद्यालयमा यहाँका किशोरकिशोरीहरुले गर्ने गरेका बन्दुक हमलाका विषयमा कुराकानी गरेर एक विश्लेषण पनि अनुसन्धानका क्रममा तयार पारेको जनाएको छ।

अमेरिकी किशोरकिशोरीहरुले विद्यालयमा हुने गरेका सानातिना विवादहरुमा पनि बन्दुक हमला गरेर आफ्ना साथीहरुको हत्या गर्ने गरेका छन्।अमेरिकामा सन् २०१८ देखि २०२२ सम्ममा भएका यस्ता हिंसाका घटनाबाट कम्तीमा पनि ५२ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १२ : २५ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली