बाँसको सामग्री बनाउन र बिक्री गर्नमै व्यस्त मरिक समुदाय « Khabarhub

बाँसको सामग्री बनाउन र बिक्री गर्नमै व्यस्त मरिक समुदाय


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इनरुवा– छठपर्व सुरुआतभएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदायका मानिस छठमा प्रयोग हुने सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएका छन् ।

 इनरुवा सहित हरिनगर, देवानगञ्ज, कोसी, बराहक्षेत्र, इटहरी, धरान, बर्जु, गढी, रामधुनी, दुहबीसहित जिल्लाका विभिन्न स्थानमा रहेका ती समुदायले पर्वका समयमा आवश्यक पर्ने बासको सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त बनेका हुन् । ती समुदायका मानिसहरू छठमा प्रयोग हुने कोनिया, ठाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन र बिक्री गर्न थालेका हुन् । 

बाँसको सामग्रीको माग अत्यधिक हुने गरेकाले आफू बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि लागेको ती समुदायका मानिसले बताएका छन् । गाउँगाउँबाट अहिले नै एक सय ५० देखि दुई सय ५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायहरुले बताएका छन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका मानिस यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएको स्थानीय बिन्देश्वर मरिकले बताए । 

उनका अनुसार छठ पर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसको सामग्री सबैलाई पुर्‍याउन नै गाह्रो हुने भएकाले सामग्री बनाउन र बिक्री गर्नका लागि मरिक समुदायका मानिस लागिपरेका हुन् । छठमा बाँसको सामग्री पुर्‍याउनलाई आफूहरू महिना दिनअघि बाट नै काममा व्यस्त बनेको छ । 

सो समुदायका मानिसहरुको रोजगार र पेसा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइलागेको र त्यसबाट आएको आम्दानीबाट छोराछोरीलाई शिक्षादीक्षा दिने गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट एक सय ५० देखि दुई सय ५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा आफूहरू रहेको वीरेन्द्र मरिकले जानकारी दिए । चाडपर्वमा बासको सामग्रीको माग अत्यधिक हुने भएकाले बालबालिकादेखि वृद्धसम्म सबै व्यस्त हुने गरेका छन् । 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : २६ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको