बाँसको सामग्री बनाउन र बिक्री गर्नमै व्यस्त मरिक समुदाय « Khabarhub

बाँसको सामग्री बनाउन र बिक्री गर्नमै व्यस्त मरिक समुदाय


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इनरुवा– छठपर्व सुरुआतभएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदायका मानिस छठमा प्रयोग हुने सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएका छन् ।

 इनरुवा सहित हरिनगर, देवानगञ्ज, कोसी, बराहक्षेत्र, इटहरी, धरान, बर्जु, गढी, रामधुनी, दुहबीसहित जिल्लाका विभिन्न स्थानमा रहेका ती समुदायले पर्वका समयमा आवश्यक पर्ने बासको सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त बनेका हुन् । ती समुदायका मानिसहरू छठमा प्रयोग हुने कोनिया, ठाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन र बिक्री गर्न थालेका हुन् । 

बाँसको सामग्रीको माग अत्यधिक हुने गरेकाले आफू बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि लागेको ती समुदायका मानिसले बताएका छन् । गाउँगाउँबाट अहिले नै एक सय ५० देखि दुई सय ५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायहरुले बताएका छन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका मानिस यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएको स्थानीय बिन्देश्वर मरिकले बताए । 

उनका अनुसार छठ पर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसको सामग्री सबैलाई पुर्‍याउन नै गाह्रो हुने भएकाले सामग्री बनाउन र बिक्री गर्नका लागि मरिक समुदायका मानिस लागिपरेका हुन् । छठमा बाँसको सामग्री पुर्‍याउनलाई आफूहरू महिना दिनअघि बाट नै काममा व्यस्त बनेको छ । 

सो समुदायका मानिसहरुको रोजगार र पेसा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइलागेको र त्यसबाट आएको आम्दानीबाट छोराछोरीलाई शिक्षादीक्षा दिने गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट एक सय ५० देखि दुई सय ५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा आफूहरू रहेको वीरेन्द्र मरिकले जानकारी दिए । चाडपर्वमा बासको सामग्रीको माग अत्यधिक हुने भएकाले बालबालिकादेखि वृद्धसम्म सबै व्यस्त हुने गरेका छन् । 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : २६ बजे

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न