विराटकै हालतमा बाबरको विश्वकप कप्तानी | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

विराटकै हालतमा बाबरको विश्वकप कप्तानी

पाकिस्तानको राष्ट्रिय टिमको कप्तानी छाड्नुपर्ने दबाब


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बाबर अजाम । पाकिस्तान क्रिकेट टिमका कप्तान । अर्थात विश्व नं. १ ब्याटर । यो हैसियत बाबर अजामको नाममा गएको विश्वकपमा थियो । जहाँ बाबरकै कप्तानीमा पाकिस्तानले आइसीसी विश्वकपमा पहिलोपटक भारतलाई १० विकेटले हराएको थियो ।

त्यो पनि विश्वकै खतरानाक ब्याटर विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिमलाई । पाकिस्तानले हराएकै कारण भारत दुबईमा भएको विश्वकपमा समूह चरणबाटै घर फर्किएको थियो । आफ्नो कमजोर कप्तानीकै कारण विराट कोहलीले विश्वकपपछि कप्तानी नै छाडिदिए ।

टी–ट्वान्टी कप्तानी छाडेकै कारण उनलाई एकदिवसीय टिमको कप्तानीबाट पनि हटाइयो । त्यसपछि विराट आफैँले दक्षिण अफ्रिकासँगको टेस्ट सिरिज हारेपछि ७ वर्ष लामो सफल टेस्ट टिमको कप्तानी पदबाट पनि राजीनामा दिए ।

सन् २०१९ देखिको शतक खडेरी कोहलीलाई तीन वर्षसम्म लाग्यो । तीन वर्षसम्म उनले केही राम्रा शट र पारी खेले । तर शतक हान्न सकेनन् । विश्वकपसम्म पनि कोहलीको खराब फर्म जारी रह्यो । खराब फर्म र टिमको हारले गर्दा अन्ततः कोहलीले सबै कप्तानी पद छाडेर अहिले एक खेलाडीका रुपमा भारतीय टिममा छन् ।

जतिबेला विराट सबैभन्दा कमजोर अवस्थामा थिए । त्यतिबेला पाकिस्तानका बाबर अजाम उत्कृष्ट फर्ममा थिए । खासगरि गएको विश्वकपसम्म । विश्वकपमा बाबरले उत्कृष्ट पारी खेले । टिमलाई धेरै अगाडि बढाए । तर विश्वकप ट्रफी भने अष्ट्रेलियाले जित्यो ।

बाबरको व्यक्तिगत प्रदर्शनले पनि पाकिस्तानलाई धेरै सहज दिलाएको थियो । उनी यसबीचमा टी–ट्वान्टी र एकदिवसीय ब्याटरको शीर्ष स्थानमा पुगे । टेस्ट ब्याटरको बरियतामा उनी तेस्रो स्थानमा पुगेका थिए ।

तर एसिया कपबाट बाबर अजामको त्यो फर्म पतन भयो । एसिया कपबाट कोहली फर्ममा फर्किए । तर बाबरको हालत खराब रह्यो । मोहम्मद रिजवानका कारण पाकिस्तानले एसिया कप फाइनल खेल्यो । तर उपाधि चुम्नबाट चुक्यो ।

एसिया कपपछि विश्वकप खेल्न पाकिस्तानी टोली अष्ट्रेलिया पुग्दा धेरैले सेमिफाइनल समीकरणमा भारत र पाकिस्तान रहने अनुमान गरेका थिए । तर पाकिस्तानको हालत यति खराब छ कि भारतसँग जितेको खेल हार्दा र जिम्बाबेसँग १ रनले पराजित हुँदा अब बाबरको टिम घर फर्किन मात्रै बाँकी छ ।

यसबीचमा सबैभन्दा प्रश्न उठेको बाबरको ब्याटमाथि हो । उनी टिमका सर्वाधिक सफल र उत्कृष्ट खेलाडी हुन् । तर एसिया कप र टी–ट्वान्टी विश्वकपमै उनको ब्याट चलेको छैन । भारतविरुद्ध उनको ब्याट चलेन नै । कमजोर मानिएको जिम्बाबेविरुद्ध पनि चल्न सकेन ।

जिम्बाबेसँग १ रनले पराजित भएर पाकिस्तानको सेमिफाइनल सम्भावना लगभग समाप्त भइसकेपछि अहिले बाबरको आलोचना चर्किएको छ । जसरी भारत एकदिवसीय र टी–ट्वान्टी विश्वकपमा समूह चरणबाटै बाहिरिदा विराट कोहलीको आलोचना चुलिएको थियो ।

हिजो विराट कोहली जुन हालतमा थिए, कप्तान हुँदा । अहिले बाबर अजाम त्यही हालतमा छन् । बाबरकै गल्तीका कारण टिमले भारत र जिम्बाबेसँग लगभग जितिसकेका खेल हार्न पुगेको टिप्पणी भइरहेको छ । पाकिस्तानका भेट्रान तथा दिग्गज खेलाडी नै अहिले बाबरको विरुद्धमा छन् ।

उनकै पूर्वटिममेट मोहम्मद आमिरले जिम्बाम्बेविरुद्धको हारको जिम्मा कसले लिने भन्दै प्रश्न गरिरहेका छन् । अन्तिम १ बलमा दुई रन चाहिएका बेला रनआउट भएर हार व्यहोरेको पीडा कम्तीमा पाकिस्तानका दिग्गज क्रिकेटरलाई मन परेको छैन ।

यस्तै तीव्र गतिका बलर शोयब अख्तरले पनि बाबरको आलोचना गर्न थालेका छन् । आरामले जित्नुपर्ने खेल हारेको भन्दै उनले टिमको प्रदर्शन नराम्रो भएकोमा बाबरलाई नै दोष दिइरहेका छन् । हुन पनि सुरुवाती दुई खेलमा बाबर अजाम दोहोरो अंकमा रन बटुल्न असफल छन् ।

हालै आइसीसीले सार्वजनिक गरेको एक तथ्यांकअनुसार विश्वकपमा पाकिस्तान अष्ट्रेलियाली भूमिमा जित निकाल्न असक्षम छ । अष्ट्रेलियाले घरेलु मैदानमा भएका आइसीसी प्रतियोगितामा ३४ जित हात पार्दा भारत र श्रीलंकाले समान ९ जित हात पारेका छन् ।

तर पाकिस्तान अहिलेसम्म पनि आइसीसी प्रतियोगितामा कंगारु देशमा जित निकाल्न असक्षम छ । र, त्यो असक्षमतासहित पुछारमा पाकिस्तान नै छ । विश्वकै उत्कृष्ट ब्याटरले नेतृत्व गरेको बेला पनि पाकिस्तान जित निकाल्न सक्दैन भने उनको विकल्प सोच्नु अन्यथा होइन । कम्तीमा अहिले पाकिस्तानी टिमको जितको नतिजा हेर्दा प्रश्न बाबरमाथि नै उठ्नु स्वभाविक रहन्छ ।

उनको ब्याट यतिबेला चल्नै छाडेको छ । आफ्नै ब्याट नचिलरहेका बेला बाबरले कसरी टिमको नेतृत्व गर्न सक्छन् ? भन्दै प्रश्न उठिरहेको छ । अब यस्तोमा पाकिस्तान टिम घर फर्किनेबित्तिकै बाबरमाथिको दबाब झन् दुईगुणा बढी रहनेछ ।

आउँदो एकदिवसीय विश्वकपसम्म उनको कप्तानीलाई निरन्तरता दिनुपर्ने केही बाध्यता पनि छन् । किनकी अहिले पाकिस्तानी टिममा बाबर बराबर अर्को खेलाडी छैन, जसले अनुभवसहित टिमको नेतृत्व गर्न सकोस् ।

त्यसमाथि बाबर एकदिवसीय क्रिकेटमा नम्बर १ ब्याटर हुन् । तर खराब प्रदर्शन, टिमको लगातारजसो हार र आफ्नै लय नहुँदा बाबरमाथि सके तत्कालै नभए केही वर्षमै कप्तानी छाड्नैपर्ने दबाब स्वतः बढ्नेछ । उनको व्यक्तिगत प्रदर्शन राम्रो हुनका लागि पनि टिमको अनावश्यक दबाब हटाउनैपर्नेछ ।

जसकारण अहिले विराटले जसरी शानदार रुपमा टिममा स्थान बनाएर स्वतन्त्र रुपमा खेल्न सक्छन् । विराट यो विश्वकपमा यति हावी भएका छन् कि पुरै अष्ट्रेलिया विश्वकप विराट कोहलीमय बनेको छ । पाकिस्तानविरुद्ध भारतलाई सनसनी जित दिलाएका कोहलीले ‘ब्याक टू ब्याक’ अर्धशतक बनाएका छन् ।

नेदरल्याण्ड्सविरुद्ध कोहलीले भारतका लागि अर्धशतकसहित सर्वाधिक नटआउट ६२ रन बनाएका थिए । पाकिस्तानविरुद्ध ने कोहलीले नटआउट ८२ रन बनाएका थिए ।

भारतीय टिमको नेतृत्व रोहित शर्माले गरेपनि फ्रन्टमा भने विराट कोहली नै छन् । जसले सुपरस्टार खेलाडीको परिचय त बनाएको छ नै टिमका लागि एक सर्वोत्कृष्ट खेलाडी रहनुको फाइदा पनि कोहलीले उठाइरहेका छन् । यस्तै अवस्थाले बाबरलाई पनि कप्तानी छाडेर एक खेलाडीका रुपमा सर्वोत्कृष्ट भएर खेलिरहने रहर बढ्न सक्छ ।

आधुनिक पुस्तामा भारतका विराट कोहलीजस्तै पाकिस्तानका लागि कम्तीमा यो समयमा बाबर अजाम नै उत्कृष्ट खेलाडी हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : ०० बजे

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

भद्रपुर– झापामा गए रातीदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब

नाटकको जादुयी आकर्षण, कर्मा र कर्म

काठमाडौं – कर्मा करिब ३८ वर्ष पहिले काठमाडौंमै जन्मिएका हुन्

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं– नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज