खेर्सनमा युक्रेनी सेनाको कारवाहीमा परी २३ रुसी सैनिक मारिएको चेचेन नेता कादिरोभद्वारा स्वीकार « Khabarhub

खेर्सनमा युक्रेनी सेनाको कारवाहीमा परी २३ रुसी सैनिक मारिएको चेचेन नेता कादिरोभद्वारा स्वीकार


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनी सेनाको कारवाहीमा २३ जना रुसी सैनिक मारिएका छन् । युक्रेनको दक्षिणी सहर खेर्सनमा युक्रेनी सेनाले गरेको कारवाहीमा अरु ५८ जना सैनिक घाइते भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ चेचेन गणतन्त्रका प्रमुख रमजान कादिरोभले यस साता भएका भएका युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएको एवम् ५८ सैनिक घाइते भएको बताएका हुन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेबाट नै रुसी पक्षले प्रायः विपक्षी तर्फ भएको हताहतीमात्र सार्वजनिक गर्दै आएको सन्दर्भमा आफ्नो पक्षतर्फ भएको क्षतिको विवरण सार्वजनिक गर्ने कादिरोभको कदमलाई निकै चासोपूर्वक हेरिएको छ ।

सामाजिक सञ्जाल टेलिग्राममा कादिरोभले एक सन्देश जारी गर्दै क्षतिबारे जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : ४५ बजे

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न