गुह्येश्वरी र कमलपोखरीमा छठ घाट निर्माण गरिँदै « Khabarhub

गुह्येश्वरी र कमलपोखरीमा छठ घाट निर्माण गरिँदै


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुहयेश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी औपचारिकता दिइएको अध्यक्ष अनिल सिंहले बताए । 

विसं २०६२ अघि नै गुह्येश्वरी क्षेत्रमा स्वतस्फूर्तरुपमा छठ पर्व मनाइन्थ्यो । समितिले वैधानिकता पाएदेखि नै पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यस क्षेत्रको छठ पर्व मनाउने गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगसमेत पछिल्लो वर्षदेखि छठ पूजा समितिले सहकार्य सुरु गरेको छ । वाग्मती नदी सफाइका लागि अधिकार सम्पन्न वाग्मती समितिले डोजरलगायत उपकरण सहयोग गर्ने गरेको छ ।

छठका लागि कोषले पनि आर्थिक सहयोग गर्ने गरेको छ । विगत वर्षमा कोषले छ लाख २५ हजार सहयोग गरेकामा यस वर्ष रु तीन लाखमात्र दिने निर्णय गरेकाले व्यवस्थापनमा कठिनाइ आउने देखिएको उनले गुनासो गरे । गुह्येश्वरीमा छठ पर्व व्यवस्थापनका लागि रु १८ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ । गुह्येश्वरीमा पाँच सय जना बर्तालुले पूजा आराधना गर्न सक्नेगरी छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरी क्षेत्रमा बर्तालुलाई सहयोग गर्ने र परबाटै दर्शन गर्ने गरी तीन लाखदेखि पाँच लाखसम्म मान्छे आउने अनुमान समितिले गरेको छ । छठको विधि सुरु हुने दिन आज गुह्येश्वरी क्षेत्रमा छठ घाट एवं वाग्मती नदी सफाइ गरिएको छ । छठ घाटमा पाल, टेण्ट राख्ने काम पनि भइरहेको छ । एउटा घाट रु एक हजार पाँच सय शुल्क लिएर भक्तजनका लागि बुकिङ भइरहेको छ ।

आकर्षकरुपमा सजाइएको गुह्येश्वरी क्षेत्रको वाग्मती नदीबीचमा छठीमाईको मूर्ति बनाएर राखिने भएको छ । काठमाडौँ उपत्यकाका २८ स्थानमा छठ पूजा गर्ने गरी तयारी भएको छ । २०६२ सालसम्म अधिकांश तराईवासीले मनाउने गरेको छठमा हाल पहाडी समुदाय पनि सहभागी हुन थालेको समितिका सचिव राजकुमार पोद्दारले बताए ।

छठ पर्वमा हिन्दूमात्र नभई मुसलमान पनि सहभागी हुने गरेका छन् । छठ मनाउन आउनेलाई कुनै पनि किसिमको भेदभाव नगरी समानरूपमा अवसर दिने गरेको उनले सुनाए । यसरी छठ पर्व सबैको बन्न पुगेको छ ।कमलपोखरी छठ पूजा समाजले भने छठ घाट बनाएर भक्तजनलाई निःशुल्क उपलब्ध गराउने भएको छ । समाजका अध्यक्ष राजेन्द्र सिंह कमलपोखरीमा एक सय ७५ वटा छठ घाट बनाउने तयारी गरेको बताउँछन् । यी सबै छठ घाट बर्तालुलाई निःशुल्क दिने तयारी गरिएको छ ।

कमलपोखरीको चारैतिर टेन्ट राखेर भक्तजनलाई सहजरुपमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था गर्न लागिएको छ । टेन्टसँगै कमलपोखरीलाई झिलीमिली बत्तीले ढाकेर सजाइने भएको छ । यस वर्ष कमलपोखरीमा छठी माईको माटाको मूर्ति अनावरण गरिने भएको छ । मूर्तिलाई छठ पूजा सकिएपछि नदी, ताल, तलाउलगायत पवित्रस्थलमा लगी सेलाउने विधि रहेको छ ।

कमलपोखरीमा यस वर्ष छठमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत आउनुहुने कार्यक्रम रहेको छ । कात्तिक १३ गते बेलुकी आइतबार अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दान गरी भव्यरूपमा छठ पर्व मनाइन्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ५ : २६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर