मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको छ : देउवा « Khabarhub

मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको छ : देउवा


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको बताएका छन् । शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको १३औं पुण्य तिथिमा शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्कृतिको संरक्षण र विकास गर्दै समृद्धिलाई अघि बढाउनुपर्ने बताए ।

उनले मुलुकको संस्कृति जगर्नेमा स्वर्गीय जोशीले गरेको योगदान राष्ट्रको सम्पती भएकाले सरकारले यसको उचित संरक्षण गर्ने धारणा राखे । प्रधानमन्त्री देउवाले भाषा, संस्कृतिको रक्षाका लागि जोशीले खेलेको भूमिकाको चर्चा गर्दै जोशी सच्चा देशभक्त भएको बताए ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जोशीको अन्तिम इच्छा ‘चक्रसंवर’ को पौभाः चित्रलाई पुरा गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए । त्यस्तै उनले सत्यमोहन लोकसंस्कृति संग्रहालयलाई संरक्षण गर्न पनि सरकार तयार रहेको धारणा राखे । नेपाल सम्वतलाई आम व्यवहारमा प्रयोगमा ल्याउनका लागि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा राखिएको जोशीको मालिकमा माल्यार्पण गरिएको थियो भने पाटन दरबार स्क्वायरदेखि जोशीको निवाससम्म पदयात्रा गरिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ५ : ४९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद