यात्रुसँग बढी भाँडा असुल्ने सवारीसाधानलाई कारबाही « Khabarhub

यात्रुसँग बढी भाँडा असुल्ने सवारीसाधानलाई कारबाही


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाँडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधानलाई रोकेर कारबाही गरेको हो । 

दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाँडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायब निरीक्षक राजीव बिष्टले जानकारी दिए ।

पोखराबाट विभिन्न स्थानका लागि छुटेका सवारीसाधानलाई रोकी कति भाँडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाँडा लिएको बताएपछि तोकिएको भाँडाभन्दा बढी रकम फिर्ता गर्न लगाइएको उनले  बताए ।

उनका अनुसार दुई सयदेखि चार हजार दुई सय तीससम्म एउटा गाडीबाट रकम फिर्ता गराइएको उनले जानकारी दिए। यात्रुसँग बढी भाँडा लिने सवारीसाधनलाई रु एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको छ । 

यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम बढी भाँडा लिने सवारीसाधानलाई कारबाही स्वरुप जरिवाना गरिनेछ । उनले भने, ‘अहिले चौविस घण्टे पुर्जी दिएर यात्रुलाई गन्तव्यस्थलसम्म पुर्‍याउन पठाएको छौँ, कार्यालयमा आएर उनीहरूले जरिवाना बुझाउनुपर्छ ।’ 

यात्रुसँग बढी भाँडा लिएर गाडी चलाएको व्यापक जनगुनासा आएपछि घट्नास्थलमा प्रहरी खटाएर सवारीसाधान चेकजाँच कार्य थालिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । चाडपर्वको समयमा यात्रु नठगिउन् तथा दुःख नपाउन् भनेर जिल्लाको मुख्य बजार क्षेत्रमा यात्रु सहायताकक्ष स्थापना गरेको उनले बताए । 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ११ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको