डच भूमिमा चीनको ‘अवैधानिक प्रहरी चौकी’ « Khabarhub

डच भूमिमा चीनको ‘अवैधानिक प्रहरी चौकी’


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमाथि युरोपेली मुलुक नेदरल्याण्ड्समा दुई वटा अघोषित ‘प्रहरी चौकी’ स्थापना गरेको आरोप लागेको छ ।

डच सञ्चारमाध्यमले चीन सरकारमाथि आफ्नो मुलुकमा अघोषित रुपमा प्रहरी चौकी स्थापना गरेको आरोप लगाएका हुन् । चीन सरकारले नेदरल्याण्ड्समा ‘विदेशी सेवा चौकी’ को नाममा प्रहरी चौकीको स्थापना गरेको बीबीसीले जनाएको छ ।

कूटनीतिक सेवा दिने उद्देश्यले स्थापना गरिएको बताइएको ती चौकीलाई युरोपमा रहेका चीन सरकारका आलोचकहरुलाई चुप लगाउने कार्यका लागि प्रयोग गरिएको जनाइएको छ ।

डच विदेश मन्त्रालयकी प्रवक्ता म्याक्सिम होवेनक्याम्पले ती प्रहरी चौकीहरु अवैधानिक रहेको बताएकी छिन् । यता चीनले भने डच आरोपको खण्डन गरेको छ ।

यसअघि स्पेनमा आधारित रहेको गैर सरकारी संस्था सेफगार्ड डिफेन्डर्सले युरोपमा चिनियाँ प्रहरी कार्यबारे अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सो प्रतिवेदनमा चीनका दुई प्रान्तीय प्रहरी व्युरोले ५ महादेशका २१ वटा मुलुकमा ५४ वटा ‘विदेशी प्रहरी सेवा चौकी’ को स्थापना गरेको जनाएको छ । यीमध्ये अधिकांश युरोपमा रहेको जनाइएको छ ।

बीबीसीका अनुसार तीमध्ये ९ वटा स्पेनमा, चार वटा इटालीमा र बेलायतमा दुई वटा यस्ता प्रहरी चौकी स्थापना गरिएका छन् ।

यस्ता चौकीहरु खासमा अन्तरदेशीय अपराधको निवारण एवम् चिनियाँ सवारी चालक अनुमतिपत्रको नवीकरणजस्ता प्रशासनिक कार्यका लागि स्थापना गरिएको चिनियाँ पक्षको दाबी छ ।

यद्यपि यथार्थमा भने चिनियाँ सत्ताको आलोचना गर्नेलाई तह लगाउनका लागि चीनले यस्ता चौकीको प्रयोग गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ४७ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न