डच भूमिमा चीनको ‘अवैधानिक प्रहरी चौकी’ « Khabarhub

डच भूमिमा चीनको ‘अवैधानिक प्रहरी चौकी’


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमाथि युरोपेली मुलुक नेदरल्याण्ड्समा दुई वटा अघोषित ‘प्रहरी चौकी’ स्थापना गरेको आरोप लागेको छ ।

डच सञ्चारमाध्यमले चीन सरकारमाथि आफ्नो मुलुकमा अघोषित रुपमा प्रहरी चौकी स्थापना गरेको आरोप लगाएका हुन् । चीन सरकारले नेदरल्याण्ड्समा ‘विदेशी सेवा चौकी’ को नाममा प्रहरी चौकीको स्थापना गरेको बीबीसीले जनाएको छ ।

कूटनीतिक सेवा दिने उद्देश्यले स्थापना गरिएको बताइएको ती चौकीलाई युरोपमा रहेका चीन सरकारका आलोचकहरुलाई चुप लगाउने कार्यका लागि प्रयोग गरिएको जनाइएको छ ।

डच विदेश मन्त्रालयकी प्रवक्ता म्याक्सिम होवेनक्याम्पले ती प्रहरी चौकीहरु अवैधानिक रहेको बताएकी छिन् । यता चीनले भने डच आरोपको खण्डन गरेको छ ।

यसअघि स्पेनमा आधारित रहेको गैर सरकारी संस्था सेफगार्ड डिफेन्डर्सले युरोपमा चिनियाँ प्रहरी कार्यबारे अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सो प्रतिवेदनमा चीनका दुई प्रान्तीय प्रहरी व्युरोले ५ महादेशका २१ वटा मुलुकमा ५४ वटा ‘विदेशी प्रहरी सेवा चौकी’ को स्थापना गरेको जनाएको छ । यीमध्ये अधिकांश युरोपमा रहेको जनाइएको छ ।

बीबीसीका अनुसार तीमध्ये ९ वटा स्पेनमा, चार वटा इटालीमा र बेलायतमा दुई वटा यस्ता प्रहरी चौकी स्थापना गरिएका छन् ।

यस्ता चौकीहरु खासमा अन्तरदेशीय अपराधको निवारण एवम् चिनियाँ सवारी चालक अनुमतिपत्रको नवीकरणजस्ता प्रशासनिक कार्यका लागि स्थापना गरिएको चिनियाँ पक्षको दाबी छ ।

यद्यपि यथार्थमा भने चिनियाँ सत्ताको आलोचना गर्नेलाई तह लगाउनका लागि चीनले यस्ता चौकीको प्रयोग गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ४७ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई