सनसनी गोल र नतिजाले रोचक कतार विश्वकप | Khabarhub Khabarhub

विश्वकप फूटबल

सनसनी गोल र नतिजाले रोचक कतार विश्वकप

कतार र क्यानडा बाहिरिदा कुन टिम कति सुरक्षित ?


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समूह चरणका खेल चलिरहदा कतार विश्वकप रोचक बनिरहेको छ । औषत सोचिएका टिमले पनि अब्बल र सनसनी गोल गरेर अविश्वसनीय प्रदर्शन गर्दा कतार विश्वकपमा रोचकता थपिएको हो ।

समूह चरणमा दोस्रो चरणका खेल चलिरहदा आइतबार राती जर्मनी र स्पेनले बराबरी खेलेका छन् । तर त्यो भन्दा मोरक्कोले बेल्जियमलाई स्तब्ध पारेको छ । बेल्जियम त्यही टिम हो, जसले गएको विश्वकपमा ब्राजिलजस्तो शक्तिशाली टिमलाई क्वाटरफाइनलबाटै घर फर्काएको थियो ।

आफ्नो पुस्ताको सुनौलो टिम भएपनि अहिले ती खेलाडी बुढा भएका कारण बेल्जियम यसपटक उपाधि दाबेदार पनि मानिएको छैन् । यो सत्य बेल्जियमकै प्लेमेकर केभिन डी ब्रुयनीले भनेका छन् ।

म्यान्चेष्टर सिटीका उम्दा मिडफिल्डर ब्रुएनीले भनेजस्तै अहिले बेल्जियम समूहचरणमै २–० गोलको हार व्यहोर्न बाध्य छ । यो अवस्थाले बेल्जियम अन्तिम १६ मा पुग्छ वा पुग्दैन केही भन्न सकिने अवस्था छैन । उसले पहिलो खेलमा क्यानडालाई हराएको थियो ।

अर्को खेलमा क्रोएसियाले ४–१ गोलले हराउँदै क्यानडालाई घर पठाएको छ । जारी विश्वकपमा समूहचरणबाटै बाहिरिने दोस्रो टिमका रुपमा क्यानडा बनेको छ । बेल्जियम र क्रोएसियासँग हारेपछि बाहिरिएको क्यानडा अब घर फर्किने पक्का छ ।

यसअघि आयोजक कतार सूरुमै दुई हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । अब यो समूहबाट क्रोएसिया, मोरक्को र बेल्जियममध्ये एक टिम अन्तिम १६ मा पुग्नेछन् । अन्तिम खेलमा कसको भाग्य कता चम्किन्छ ? यसै भन्न सकिन्न ।

यसअघि पहिलो खेलमा जर्मनीलाई हराएर सनसनी मच्चाएको जापान भने कोष्टारिकासँग हारेको छ । आइतबार नै भएको खेलमा जापान कोष्टारिकासँग हार्दा १–० गोलको नतिजा व्यहोर्यो । जबकी जापानले पहिलो खेलमा जर्मनीलाई हराउँदा सनसनी मच्चाएको थियो ।

जापानको हारले जर्मनीलाई राहत भएको छ । उसले गएराती स्पेनसँग बराबरी खेलेपछि अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राखेको छ । अब जापानले अन्तिम खेलमा स्पेनसँग र जर्मनीले कोष्टारिकासँग खेल्नेछन् ।

जर्मनीले अन्तिम खेलमा कोष्टारिकालाई कम्तीमा पनि ३–० गोल अन्तरले पराजित गर्नुपर्नेछ । तर जापानले स्पेनसँग बराबरी खेलेमा मात्रै पनि जर्मनीको जितले जापानलाई अन्तिम १६ मा पुग्नबाट रोक्ने छैन । जापान स्पेनसँग पराजित भएपनि यदि जर्मनी बराबरीमा रोकिएमा जापानलाई नै फाइदा हुनेछ ।

जापानको हार र जर्मनको जितले भने अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्न सहज हुनेछ । यसकारण अन्तिम खेलमा जापान, जर्मनी र स्पेनलाई स्पष्ट जितको खाँचो छ । जुन यसअघिका नतिजा हेर्दा सोचेजस्तो नहुन सक्छ ।

यसअघि रुस विश्वकपबाट पनि जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१४ विश्वकपको विजेता जर्मनी पछिल्ला ८ वर्ष खराब लयबाट गुज्रिरहेको छ । अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई हराएको छ । तर उसको पहिलो हार अझै पीडादायी छ ।

साउदी अरेबियासँग हारेको मेस्सीको टिमलाई अन्तिम १६ मा पुग्न अन्तिम खेल जित्नैपर्ने दबाब छ । जहाँ पोल्याण्डको सामना गर्न मेस्सीलाई सहज हुने छैन । किनकी पोल्याण्डमा बार्सिलोनाकै सुपरस्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की हुनेछन् ।

यदि अर्जेन्टिना र पोल्याण्डले बराबरी खेल्दा मेक्सिकोलाई हराएको खण्डमा साउदी अन्तिम १६ मा पुग्नेछ । तर यसका लागि साउदीले सोचेभन्दा ठूलो मेहनत गर्नुपर्नेछ । इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग बराबरीमा रोकिएपछि उसको यात्रा पनि कठिन बनेको छ ।

पहिलो खेलमा इरानलाई ठूलो अन्तरले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा बराबरीमा रोकिदा अन्तिम खेलमा वेल्सलाई हराउनैपर्ने बाध्यतामा हुनेछ । वेल्स पनि बलियो टिम भएकाले इंग्ल्याण्डलाई रोक्न कोसिस गर्नेछ । यदि यो खेल बराबरी भएमा र अन्तिम खेलमा इरानले जित निकालेमा इंग्ल्याण्डसँगै एसियाबाट इरान पनि अन्तिम १६ मा पुग्ने पक्का छ ।

नेयमार टिम ब्राजिल र रोनाल्डोको टिम पोर्चुगलले पहिलो खेल जितेका छन् । दुबै टिम अब दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने कसरतमा छन् । टिममा स्टार खेलाडी भएका कारण उनीहरुलाई ठूलो चिन्ता छैन । तर ब्राजिलका लागि नेयमारको अनुपस्थिती विपक्षीलाई मनोवैज्ञानिक रुपमा बलियो बनाएको छ ।

अझै दुई खेल खेल्न नसक्ने नेयमारको अभाव पूर्ति गर्न रिचार्लिसन, जिसस, भिन्सियस जस्ता उम्दा स्टार काफी छन् । दोस्रो खेल जितेमा ब्राजिल र पोर्चुगल अन्तिम १६ मा पुग्नेछन् । कम्तीमा धेरैको चाहना अर्जेन्टिना, ब्राजिल र पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा तय गरुन भन्ने छ । त्यसका लागि रोनाल्डो, मेस्सी र नेयमारले हदैसम्मको प्रयास गर्नेछन् ।

तर समूह चरणमा कमजोर मानिएका टिमको सनसनीपूर्ण प्रदर्शनले धेरैलाई अचम्मित बनाएको छ । अन्तिम १६ मा पुग्ने पहिलो टिमका रुपमा फ्रान्सले स्थान बनाउँदा उसको नतिजा हेर्न लायक छ । यो हप्तामा अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्दा कतार विश्वकप धेरै रोचक हुनेछ ।

किनकी कतारमा बलिया भनिएका टिमको प्रदर्शन कमजोर मानिएको छ भने कमजोर मानिएका देशको प्रदर्शन सनसनी छ । त्यो सनसनी नतिजाले कसलाई अघि लान्छ ? र, कसलाई घर फर्काउँछ, त्यो हेर्न पनि रोचक हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : १५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले