उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन « Khabarhub

उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले उदयपुर १ मा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

आयोगले मतगणनापूर्व जे जस्तो सहमति भएको हो, सोही सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सोमबार निर्देशन दिएको हो ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले ११ मंसिरमा पत्रमार्फत निर्देशन दिएको हो । आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको ४ र ५ मंसिरको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।

उदयपुर १ मा परराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा. नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच कडा प्रतिस्पर्धा छ । एमालेले निर्वाचनमा धाँधली भएको भन्दै उजुरी हालेपछि शनिबारदेखि नै मतगणना रोकिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ३५ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज