कांग्रेसले आफू मात्रै खान खोज्दा सबै गुम्यो | Khabarhub Khabarhub

कांग्रेसले आफू मात्रै खान खोज्दा सबै गुम्यो

भारत र अमेरिकालाई गाली गर्दा राष्ट्रवादी भइन्छ


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

यति बेला नयाँ सरकार निर्माण हुनेक्रममा छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ। तीन जना उपप्रधानमन्त्रीसहित प्रचण्डका सात सारथि खडा भएका छन्। यो सरकार निर्माणलाई कतिपय सन्दर्भमा अप्रत्याशित नतिजाको रूपमा लिइएको छ। नेपाली कांग्रेसले हातैमा रहेको नेतृत्व वा सरकारसँग रहेको सहकार्यमा विमुख हुनु परेको छ। यो अवस्थामा नेपाली कांग्रेसले अहिलेको सरकारको उपस्थितिलाई कसरी हेरेको छ ? यो सरकारले यस भन्दा अघि गरिएका काम कर्तव्यलाई कसरी पुरा गर्ला ? यी र यस्तै विषयमा आधारित भएर वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

मुखमा आएको सत्ता सहकार्यमा चुकेपछि नेपाली कांग्रेसको हात खाली भएको छ। अहिले कांग्रेस कुन मनोविज्ञाननमा अगाडि बढेको छ ?
विष रोपेर कहिल्यै पनि अमृत फल्दैन। पहिला सिद्धान्तहीन गठबन्धन भयो। त्यो अवसरवादी र गलत गठबन्धन अहिले भत्कियो। प्रचण्डले जे गर्नु भयो त्यो राम्रो हो। चुनावको बेला यो अडान लिनु पर्ने नेपाली कांग्रेस अहिले अडानमा आयो।

अहिले देउवा प्रधानमन्त्री बन्न खोज्नु भएको थियो कि अरूलाई बनाउने तयारीमा हुनुहुन्थ्यो ?
दुवै हो। उहाँ बन्न खोजेर नै अरूले बनाउन आँटेको हो। देउवाले मबाहेक कोही प्रधानमन्त्री हुन पाउँदैन भन्नुभयो। उहाँका सम्भावना धेरै हुँदाहुँदै आफ्नै कारण समस्यामा पर्नुभयो। राष्ट्रपति हुने सम्भावना पनि थियो। अहिले त्यो गुमाउनु भयो। नेपाली कांग्रेसबाट सभामुख हुन सक्थ्यो त्यो पनि गुमाउनु भयो।

कांग्रेसमा किन सभापति देउवाले आफू वरिपरिका मान्छेसँग मात्र छलफल गर्नुभयो ?
सभापति भनेको अभिभावक हो। उसले सबैलाई राखेर सबैको सल्लाह लिनु पर्दछ। सरकारको नेतृत्व दिने क्रममा वरिपरिका मान्छेसँग मात्र छलफल गर्नु बुद्धिमानी होइन। त्यसरी निर्णय गर्नु गलत हो। सबैलाई राखेर छलफल गरेको भए सामूहिक स्वामित्व हुन्थ्यो। अहिले सबै हुँदाहुँदै गलत भयो भन्न सक्नुपथ्र्यो। पहिला आफै हिँड्ने र अहिले त्यो भएन भनेर विरोध गर्नु ठिक होइन।

अहिलेको घटनालाई नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन सकेको छैन। सहज रूपमा एउटा प्रधानमन्त्रीले अर्को प्रधानमन्त्रीलाई स्वागत गर्नु पर्नेमा स्वागतमा नै समावेश नहुनुलाई के बुझ्ने ?
सामूहिक निर्णय नरहेको कारणले स्वामित्वको विषय सबै देउवाको जिम्मामा पुग्यो। देउवाले सत्ता प्राप्तिको लागि गठबन्धन गर्नुभयो। त्यो भनेको जनता भागबन्डा गर्नु हो। देउवाले पद भाग लगाउन सक्नु भएन। राजनीतिमा भ्रष्टाचार जन्य काम भए वा असफल भए व्यक्तिले राजीनामा दिने वा पद छोड्ने चलन छ। राजनीतिमा अहिले नैतिकता हराएको छ। राजेन्द्र लिङ्देनले प्रचण्डलाई सहयोग गर्नुभएको छ। यहाँ कता चाहिँ नैतिकता छ र ? यस्तै हो नैतिकताको कुरा।

रास्वपा र राप्रपालाई सहभागी नगरे पनि बहुमत पुग्ने थियो। तर, किन यी दलसँग सहकार्य भयो ?
राजनीतिक परिवर्तन भनेको आत्मनिर्भर हुनु पर्दछ। तर त्यो नेपालमा छैन। नेपालमा परनिर्भर भएर राजनीति गर्नु पर्दछ। स्वतन्त्र युवाको समर्थन र आक्रामक शैलीमा आएका रवि लामिछानेलाई समेटिनुपर्छ भन्ने आवाज हुनसक्छ। यो समूहको प्रतिनिधित्वका लागि रविलाई सरकारमा सहभागी गराएको जस्तो लाग्छ। राप्रपालाई मान्ने नेपालमा ठूलो जनमत छ। त्यो जनमत भोलि अन्त नजाओस् भनेर सत्ता सहकार्यमा सहभागी गराएको देखिन्छ।

मन्त्रालयमा नयाँ दलले ठाउँ पाउनुको कारण के हुनसक्छ ?
आठ जना मन्त्री र तीन जना उपप्रधानमन्त्री हुनुहुन्छ। त्योबाट नै थाह हुन्छ कसरी बाँडफाँड भएको छ। यो बार्गेनिङमा चलेको राजनीति हो। नेपालका राजनीतिक दलमा केपी ओली हाबी भएको देखिन्छ। गठबन्धन बनाउन र भत्काउन उहाँसँग सीप छ। उहाँले प्रचण्डलाई पनि झुक्याउनु भएको छ। केपी ओली अहिले एकदमै सफल भएका नेता हुन्।

प्रचण्डलाई ओलीले जे भन्यो त्यही मान्ने बनाएका हुन् ?
हिजोको दौरा सुरुवाललाई उदाहरणको रूपमा लिनु पर्दछ। एमालेका केही साथीहरूले प्रचण्डले दौरा सुरुवाल लगाएर आउनुभयो भने ओलीले स्वीकार गर्ने बताएका थिए। राष्ट्रियता भन्ने चिज विविधतामा अडिएको छ। त्यो भन्दा पहिला प्रचण्डले दौरा सुरुवाल लगाउनु भएको थिएन। एमालेले त्यो राष्ट्रियतालाई जोगाएको छ।

नेपालको राजनीति पद निर्भरतामा चलेको भए यसमा कसले खेल्यो त ?
देउवालाई हामी प्रधानमन्त्री छोड्नु पर्दैन भनेर भन्यो भने त्यो बाट लाभ देउवाले भन्दा अरूले लिने हुन्। सत्ताको लागि चुनावी गठबन्धन गरेको छैन भने त्यो गलत हो भनेर कांग्रेसले स्वीकार गर्नुपर्छ। नेपालमा राष्ट्रवाद भनेको भारत र अमेरिकाविरुद्ध बोल्नु हो। अहिले माओवादी–एमाले वा माओवादी-कांग्रेस गठबन्धन भन्दा पनि एमाले र कांग्रेस मिलेर सरकार बनाएको भए राम्रो हुन्थ्यो।

यो सरकार सहमति अनुसार अगाडि बढ्न सक्ला ?
मलाई यो सरकार दुई वर्षसम्म जाला जस्तो मलाई लाग्दैन। तर नेतामा केही पश्चाताप भएको जस्तो देखिन्छ, जनताले पेलिसकेका छन्। त्यसैले विगतका गल्तीहरू नदोहोरिन पनि सक्छन्। तीन पटक प्रधानमन्त्री भइसकेको अनुभवले अब प्रचण्डलाई राम्रो काम गर्ने अवसर पनि हो यो। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तरवार्ता
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १ : ०२ बजे

आज विश्व दुध दिवस मनाइँदै

काठमाडौं– आज विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी

गर्मीले नेपालगञ्जको जनजीवन कष्टकर, विद्यालयमा बिदा बढाइयो

नेपालगञ्ज– अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

पुर्जाले गरे पूर्व मिस फिनल्याण्डले लगाएको यौन दुर्व्यवहारको आरोपको खण्डन

काठमाडौँ- चर्चित आरोही निर्मल पुर्जाले पूर्व मिस फिनल्याण्डले लगाएको यौन

करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन

सिन्धुली– क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले सिन्धुलीको गोलन्जोर गाउँपालिकासँग मिलेर