एकल पुरुष र मध्यम अपागंता भएकालाई भत्ता दिइने « Khabarhub

एकल पुरुष र मध्यम अपागंता भएकालाई भत्ता दिइने


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिकाले नगरपालिका भित्रका मध्यम अपागंता र एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९-०८० को माघबाट लागू हुने गरी मध्यम अपागंता भई पहेलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो ।

एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका अपाङ्गतालाई संघ सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएपनि ६० वर्षका एकल पुरुष र मध्यम वर्गका अपाङगता भएका व्यक्तिलाई नगरपालिकाले जनही ५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाका अनुसार मध्यम अपागंता भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १६ वर्ष मुनिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र मध्यम अपागंता परिचयपत्रको प्रतिलिपि आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कडेलले बताए ।

एकल पुरुष भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पत्नीको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, अविवाहित भएको भए सम्बन्धित वडाको अविवाहित सिफारिस र सम्बन्ध विच्छेद भएको भए सम्बन्ध विच्छेद भएको प्रमाण पत्र आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कँडेलले बताए । 

बेँसीसहर नगरपालिका भित्र स्थायी बसोवास गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ । सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भएका नागरिक, सरकारी वा अन्य कोषबाट निवृत्तिभरण पाइरहेको नागरिक र प्रचलित कानुन बमोजिम अन्य सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकले मध्यम अपाङ्गता तथा एकल पुरुष भत्ता नपाउने नगरपालिकाले प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ०० बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्