मध्यरातदेखि लागू भएको आदेशमा के छ ? (पूर्णपाठ) | Khabarhub Khabarhub

मध्यरातदेखि लागू भएको आदेशमा के छ ? (पूर्णपाठ)

सार्वजनिक सवारी साधनमा जोरबिजोर हट्यो


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शनिबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू भएको छ। शुक्रबार सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्।

उपत्यकाका सीडीओले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटठाउनेलगायत महत्वपूर्ण निर्णय गरेको छ। यो नियम निजी सवारी र ट्याक्सीमा भने लागू हुनेछैन। अझै पनि निजी सवारी साधन र ट्याक्सीले जोरबिजोर प्रणाली अनुसार चल्नुपर्नेछ।

शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो।

बैठकले विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नदिने निर्णय गरेको छ।

सबै प्रकारका आमसभा, सभा, भेला, मेलालगायतका बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आदेश गरिए पनि पूर्वनिर्धारित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको हकमा भने दर्शकविहिन वा सीमित दर्शक राखी सञ्चालन गर्न सकिने छ।

बैठकले व्यापार व्यवसाय सञ्चालनको हकमा भने अग्रपङ्क्ति काउन्टरमा काम गर्नेले हप्ताको २ पटक एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ।

लामो दुरीमा यात्रा गर्ने यात्रुहरुको हकमा सकेसम्म एन्टिजेन परीक्षण गराउने, बाटोमा यात्रु नचढाउने गरी यात्रुको विवरण डिसिसिएमसीलाई बुझाउनुपर्ने निर्णय भएको छ।

बैठकका निर्णय :

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ३३ बजे

भन्सार बढाइएपछि सडकमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)

काठमाडौं- सुनचाँदी व्यवसायीहरू सडकमा उत्रिएका छन् । १४ वर्ष देखि लागु

आउँदो नोभेम्बरमा काठमाडौंले ‘वुमन अफ द वर्ल्ड’ फेस्टिभल आयोजना गर्नेछ : उपप्रमुख डंगोल 

काठमाडौं– वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट

जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्छ : सांसद सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर

प्रेम सुवालको प्रश्न- सदनमा उठेका विषय छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारण के हाे ? 

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी ठगी