बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण « Khabarhub

बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए ।

पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो ।

सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक वर्षमा विनियोजन भएको रु.आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर यसै महिनादेखि ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष रामकृष्ण बराइलीले बताए ।

नगरपालिकाले गत वर्ष क्याम्पसचोकको भलबाढी ब्यवस्थापन गर्न रु. एक करोड २१ लाखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो । क्याम्पसचोकका वासिन्दाले रु. २१ लाख सङ्कलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए ।

अधिग्रहण भएको घरको भुइतला मुनी भूमिगत नाला बनाएर बाढी ब्यवस्थापन गर्ने बनाइएको छ । भुइतलाको सटर सहित तीन वटा कोठा भाडामा लगाउन मासिक न्युनतम रु. ३० हजार भाडा कायम गरेर प्रस्ताव आव्हान गरेको छ ।

पहिलो तलाको तीन वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुननिर्माण गरेर कार्यालय स्थापना गर्न रु. दश लाख खर्च भएको बताइएको छ। नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको छ।

आर्थिक वर्ष २०७६-७७ मा अर्थुङ्गेमा शुरु भएको वडा नम्बर ६ को भवन निर्माण कार्यलाई पुर्णता दिन चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. बीस लाख बजेटको काम गर्न ठेक्का लागेको इञ्जिनियर विमलरञ्जन कार्कीले बताए । गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयहरुका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ३८ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक