अव्यवहारिक शुल्क रोक्न आग्रह « Khabarhub

अव्यवहारिक शुल्क रोक्न आग्रह


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क-जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ । अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायबाट विभिन्न शीर्षकमा शुल्क-जरिवाना असुल्ने कार्य भईरहेको बताए।

औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रिनु पर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडक खण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भिमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य रहेको उनले बताए।

उनले त्यसबाट नेपाली आयातकर्ताले लागत खर्च वृद्धिको मार परेको अवस्थामा नेपाली पक्षबाटसमेत त्यस प्रकारका अनुचित असुली हुँदा स्वदेशी उद्योग-व्यवसायलाई थप व्ययभार परेको तथा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने काम भईरहेको बताउँदै सो अनुचित असुली कार्यको तत्कालै अन्त्य गर्न सम्बन्धित निकायलाई यथाशिघ्र निर्देशनजारी गरिदिन आग्रह गरे ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ५५ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा