राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै « Khabarhub

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती–मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ । यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन ।

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ । काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको खातामा सो गाउँपालिकाले रु एक करोड जम्मा गरेको थियो ।

उक्त रकममा प्राधिकरणले रु एक करोड थपेर काम अघि बढाएको थियो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार पटकपटक ताकेता गर्दासमेत प्राधिकरणले विद्युतीकरणको काममा ध्यान दिएको छैन । प्राधिकरणको हेटौडा वितरण केन्द्रको कार्यालयमा रहेको अभिलेखअनुसार गाउँपालिकाको खैराङ–खुर्कोट क्षेत्रमा ३४५ बिजुलीको पोल लगिएको छ । तर सो क्षेत्रमा ७५ पोल मात्र रहेको पाइएको छ ।

प्राधिकरणको प्रतिवेदन अभिलेखमा सबै काम भएको पाइए पनि सो गाउँपालिकाको विभिन्न स्थानमा खम्बा, तारलगायत सामग्री यत्रतत्र छरिएर रहेको अध्यक्ष मल्लले बताए । विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, कर्मचारी र वडाध्यक्षका कारण काममा ढिलाइ भएको अध्यक्ष मल्लको आरोप छ । सो क्षेत्रमा चेपाङ र तामाङ समुदायको बसोबास रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  २ : ४५ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान