ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज « Khabarhub

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ ।

भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको हो । बुस्टर डोजअन्तर्गत पहिलो र दोस्रो मात्राअन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिने, पहिला मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका दिन मन्त्रालयले पत्राचार गरेको छ ।

यस्तै विदेशमा पहिलो मात्रा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाएकाको हकमा दोस्रो मात्राका रुपमा कोभिसिल्ड, अस्ट्राजेनिका खोप प्रदान गर्नसमेत अनुरोध गरिएको छ । मन्त्रालयले माघ २ गतदेखि पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज प्रदान गरेको थियो । अहिलेसम्म बुस्टर डोज दुई लाख ९९ हजार नौ जनालाई लगाइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ४ : ३० बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका