जनमत पार्टीले निकाल्यो साङ्लो जुलुस « Khabarhub

जनमत पार्टीले निकाल्यो साङ्लो जुलुस


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले ‘साङ्लो जुलुस’ निकालेको छ ।

आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार जनमत पार्टीले आज मधेसका जिल्लासहित विभिन्न स्थानमा साङ्लो जुलुस निकालेको हो । जनमतका नेता तथा कार्यकर्ताले किसानहरूलाई मलखाद उपलब्ध हुनुपर्ने, बुधबार पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

जनमत पार्टीले ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, कृषि उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, कार्यकर्ताहरूमाथिको मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग जनमतले राख्दै आएको छ ।

यसअघि, शुक्रबार पगडी जुलुस निकालेको जनमत पार्टीले आइतबार हलो जुलुस निकाल्ने जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ३ : २८ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका