अब विदेशबाटै विद्युतीय राहदानी बनाउन सकिने « Khabarhub

अब विदेशबाटै विद्युतीय राहदानी बनाउन सकिने


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अब विदेशबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । मलेसियालगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी जनाएका छन् ।

कतारस्थित नेपाली दूतावास एक सूचना जारी गर्दै नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी नेपालमा राहदानी विभाग तथा केही जिल्लाहरुबाट जारी भईसकेको जनाउदै दूतावास दोहाबाट पनि केही हप्ता भित्रै ई-पासपोर्ट जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको जनाएको छ ।

दूतावासका अनुसार नयाँ प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका अन्य कार्यहरुका गर्नका लागि जनवरी ३० तारिखदेखि अर्को सूचना जारी नभएसम्म यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरण गर्ने/नयाँ बनाउने कार्य स्थगन गरिएको जनाएको छ ।

अबको केही दिनभित्रै विद्युतीय राहदानी (ई पासपोर्ट) को लागि आवेदन लिने कार्य शुरुवात गरिने र दूतावासबाट सो सम्बन्धमा नयाँ सूचना जारी हुने जनाएको छ । अत्यावश्यक अवस्था अर्थात कतार बसाई अवैधानिक हुने अवस्था आएमा मात्र यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरणको लागि आवेदन लिईने जनाएको छ ।

राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने दूतावासले जनाएको छ ।

यस्तै, साउदी अरबस्थित नेपाली दूतावासले पनि केही हप्ता भित्रै विद्युतीय राहदानी जारी गर्ने तयारी भइरहेको भन्दै जनवरी ३० देखि फेब्रुअरी १७ सम्मलाई एमआरपी नवीकरण नगर्ने भएको छ ।

दूतावासले सुचना जारी गर्दै तत्काल अत्यावश्यक नभएमा राहदानी नवीकरणका लागि आवेदन नदिन पनि अनुरोध गरेको छ । ई पासपोर्ट बनाउने प्रकृया, आवश्यक कागजात लगायतका विषयमा केही दिन भित्रै अर्को सुचना जारी गर्ने जनाएको छ ।

दूतावासले सूचना जारी गर्दै ई पासपोर्ट प्रणाली जडान गर्ने कार्य लगायतका अन्य तयारी गर्नुपर्ने भएका कारण एमआरपी नवीकरणको काम स्थगित गरिएको जनाइएको छ ।

तत्काल ईकामा नवीकरण गर्नुपर्ने अवस्था आएको र त्यसको लागि नयाँ राहदानी आवश्यक पर्ने भएमा चाहीँ एमआरपी नवीकरणका लागि मात्र आवेदन दिन सकिने दूतावासले जनाएको छ ।

यस्तो अवस्था भएका नेपालीलाई दूतावासको राहदानी शाखामा काम गर्ने कर्मचारीहरुलाई ०५०००३४७८६ वा ०५७१८५७८८४ वा ०५३४३४३१९१ मा सम्पर्क गरेर अग्रिम समय लिएर मात्रै दूतावासमा आउन अनुरोध गरिएको छ ।

अग्रिम समय नलिई आउनेहरुको आवेदन नलिईने पनि दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसैगरी साउदी अरवबाट फाईनल एक्जिटमा नेपाल जाने यात्रुहरुका लागि एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेण्ट) जारी गरिने जनाइएको छ ।

यस्तै, यूएई, ओमान, र कुवेतमा रहेका नेपाली दूतावासहरुले पनि सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी (ई पासपोर्ट) जारी गर्ने जनाएका छन् । तत्काल ईकामा नवीकरण गर्नुपर्ने अवस्था आएको र त्यसको लागि नयाँ राहदानी आवश्यक पर्ने भएमा चाहीँ एमआरपी नवीकरणका लागि मात्र आवेदन दिन सकिने त्यहाँ रहेका नेपाली दूतावासहरुले जनाएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ०० बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी