युवा संघद्वारा प्रधानमन्त्री र मन्त्री यादवको पुतला दहन « Khabarhub

युवा संघद्वारा प्रधानमन्त्री र मन्त्री यादवको पुतला दहन


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेकपा एमालेसम्बद्ध युवा संघले प्रधानमन्त्री र मन्त्री यादवको पुतला दहन गरेको छ ।

आज सिरहाको गोलबजारमा भएको विरोध प्रदर्शनका क्रममा राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पुतला दहन गरेका हुन् । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरेको भन्दै उनीहरूले प्रधानमन्त्री देउवाप्रति आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै, माघ ५ गते रौतहटमा भएको सभामा अराजक अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको पुतला दहन गरिएको छ ।

संघको सिरहा संयोजक जयप्रकाश शर्माको नेतृत्वमा भएको प्रदर्शनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता र किसानलाई मलखादको व्यवस्था गर्न पनि माग गरिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : २३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु