नेकपा एमालेसम्बद्ध जनसंगठनहरूले वैशाखमै चुनावका लागि आन्दोलन गर्ने (विज्ञप्तिसहित) « Khabarhub

नेकपा एमालेसम्बद्ध जनसंगठनहरूले वैशाखमै चुनावका लागि आन्दोलन गर्ने (विज्ञप्तिसहित)


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा एमालेसम्बद्ध जनसंगठन समन्वय संयन्त्रले वैशाखभित्रै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।

भक्तपुरमा आज बसेको संयन्त्रको बैठकले ‘स्थानीय तहको चुनाव तुरुन्त गर–संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने नारा तय गर्दै आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको हो । जनप्रतिनिधिहरूको पदावधि पाँच वर्ष पुग्नुअघि चुनाव गरिसक्नुपर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न संयन्त्रले माग गरेको छ ।

बैठकले वैशाखभित्रै सम्पन्न गर्ने गरी सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको संयन्त्रका संयोजक भानुभक्त ढकालबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

संयन्त्रमा विद्यार्थी, युवा, महिलाका गरी २२ संगठन छन् । बैठकमा जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू सहभागी भएका थिए ।

यसअघि, आजै सत्ता गठबन्धनले जेठभित्र चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ५१ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको