छायांकनको तयारीमा ‘प्रसाद २’ टिम « Khabarhub

छायांकनको तयारीमा ‘प्रसाद २’ टिम


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेल बन्ने खबरले चर्चा पाएता पनि छायांकन अझै हुन सकेको छैन ।

दिनेश राउत निर्देशित प्रसादमा विपिन कार्की , नम्रता श्रेष्ठ , निश्चल बस्नेतको मुख्य अभिनय रहेको थियो । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका थिए । फिल्मले समीक्षकबाट त राम्रो प्रतिक्रिया पायो नै दर्शकले पनि रुचाए । फलत: फिल्म बक्स अफिसमा पनि सफल रह्यो । ‘प्रसाद २’ मा पनि सुशीलकै लेखन रहेको छ तर निर्देशक फेरिएका छन् ।

आफूले सिक्वेल फिल्म निर्देशन नगर्ने बताएपछि प्रसादको सिक्वेललाई दिनेशले नभई सौरभ चौधरीले निर्देशन गर्दै छन् । ‘लभ डायरिज’ मार्फत निर्देशनमा डेब्यु गरेका सौरभको लागि यो फिल्म आफूलाई प्रमाणित गर्ने अवसर बन्नेमा दुई मत छैन ।

तर, फिल्मको छायांकन हुन सकेको छैन । केही समय यता छायांकनमा जान अल्मलिएको फिल्म यही महिनाको अन्तिममा वा आउँदो महिना वैशाखमा छायांकनमा जाने तयारी गर्दैछ । नम्रताले यही साता विनय श्रेष्ठसँग अभिनय गर्ने फिल्मको मुहूर्त गर्दै छिन् ।

यसैले गर्दा पनि त्यसअघि नै फिल्मको छायांकन गर्ने गरी निर्माता सुभाष थापाले तयारी थालेका छन् । यसका लागि उनले लेखक पौडेलसँगै निर्देशक सौरभ र कलाकारहरू विपिन, नम्रता तथा निश्चलसँग छलफल गरिरहेका छन् । सोसल ड्रामा फिल्मलाई बाग्लुङसहित आसपासमा छायांकन गरिने बुझिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : १७ बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट, सङ्घीयता कार्यान्वयनका चुनौतीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट