आईपीएल: दिल्लीसँग कोलकत्ता चार विकेटले पराजित « Khabarhub

आईपीएल: दिल्लीसँग कोलकत्ता चार विकेटले पराजित


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ।

सुरुङमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

दिल्लीका लागि डेभिड वार्नर ४२, रोभम्यान पावेल ३३, अक्षर पटेलले २४ रन बनाउँदा ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे। कोलकत्ताका उमेश यादवले तीन विकेट लिए।

कोलकत्ताका लागि नितिश राना ५७, कप्तान श्रेयस एयरले ४२ रन जोड्दा रिन्कु सिंहले २३ रन मात्र बनाए। दिल्लीका कुलदिप यादवले ४ विकेट लिँदा मुस्ताफिजुर रहमानले ३ विकेट हात पारे।

यो जितसँगै दिल्लीले ८ खेलमा ८ अंकै जोडेको छ। दिल्ली आईपीएल अंक तालिकाको छैटौं स्थानमा छ। कोलकत्ताले ९ खेलमा ६ अंक जोडेको कोलकत्ता तालिकाको आठौं स्थानमा छ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ०९ बजे

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स