ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत « Khabarhub

ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकामा ट्राफिक जरिवना ‘क्यूआर कोड’ मार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि ‘क्यूआर स्क्यान पे फाइन एण्ड विथ्ड डकुमेन्ट’ सुविधा शुरु गरेको हो।

बिहीबार कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र कुमारी बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले आरम्भ गरे।

सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक पुग्न वा नगद बोकेर घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए। ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, हुने उनको भनाइ छ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले यो व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको बताए।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : ४० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी