बुटवल उपमहानगरका उम्मेदवारको मुख्य चुनावी एजेण्डा - सडक विस्तार | Khabarhub Khabarhub

बुटवल उपमहानगरका उम्मेदवारको मुख्य चुनावी एजेण्डा – सडक विस्तार


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । 

कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार  खेलराज पाण्डेले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् ।

‘बुटवलको चौराहादेखि चिडियाखोलासम्मको धुलाम्मे सडक मर्मत गरी सडकलाई नमुना बनाउँछु’ उनले भने । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकमा ८२ फुटभित्र संरचना निर्माण गरेका घरधनीले सडक विस्तारमा अवरोध गर्दा कांग्रेसका अधिकांश नेताले साथ दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले पनि त्यतिबेला बुटवललाई उजाड बनाउने गरी सडक निर्माण गर्न नहुने बताएका थिए ।

अहिले स्थानीय तह निर्वाचनमा नेताहरुले आफूहरूले चुनाव जिते सडक निर्माणलाई टुंगोमा पुर्‍याउने बताएका छन् । २४ चैत २०७५ मा करिब एक सयको सङ्ख्यामा सडक आयोजनालाई सडक विस्तार नगर्नको लागि दवाव दिन आयोजनाको कार्यालय मणिग्राममा पुगेका घरधनीसँग पाण्डेसहित अन्य कार्यकर्ताहरू समेत  पुगेका थिए । तर, पछि सर्वोच्च अदालतले २० पुस २०७७ मा दिएको आदेशले सडक विस्तारको काम खुला गरिदिएपछि भने सडक क्षेत्र ओगटेर बनाइएका घरहरू भत्काउनुको साथै सडक विस्तार थालिएको थियो । 

साढे तीन किलोमिटरको यो सडक निर्माणको ठेक्का पाँच वर्षअघि नै द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौँले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले सडक विस्तारको काम अघि नबढाउँदा बुटवलको सडक डेढ वर्षदेखि अस्तव्यस्त छ ।’ठेकेदारले पनि सडक बिस्तारमा राजनीति गरे, काम अघि नबढाउँदा समस्या भयो’ सडक आयोजनाका एक कर्मचारीले भने । 

संघ सरकारअन्तर्गत बन्दै गरेको सडकलाई बुटवल उपमहानगरपालिकाले बनाएन भन्दै कांग्रेस लगायत गठबन्धनका स्थानीय कार्यकर्ताहरूले उपमहानगरपालिकाको नेतृत्वको आलोचना गर्दै आएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले चौराहादेखि गोलपार्कसम्मको सडक संघ सरकार मातहतको भएको र छिटो सम्पन्न गर्न दबाब दिनुबाहेक उपमहानगरपालिकासँग अरू अधिकार नभएको बताउँदै आएका छन् ।

बेलहिया–बुटवल सडक आयोजनाकी निमित्त प्रमुख इन्जिनियर सविता ज्ञवालीले अहिले सडकको दुवैतर्फ नालीको काम भइरहेको र ठेकेदारले अस्पताल लाइन क्षेत्रमा वैशाखभरीमा कालोपत्रे सक्ने भनेर सम्झौता गरेको बताइन् ।  

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १२ : २६ बजे

जलवायु परिवर्तनको विषयमा अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक निर्णय

काठमाडौं – जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्र सङ्घीय अदालतले महत्त्वपूर्ण

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ ।

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब

काठमाडौं – सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन