युद्ध रोक्न सुरक्षा परिषद् असफल भएको राष्ट्रसंघ महासचिवद्वारा स्वीकार « Khabarhub

युद्ध रोक्न सुरक्षा परिषद् असफल भएको राष्ट्रसंघ महासचिवद्वारा स्वीकार


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले आफ्नै संगठनको सुरक्षा परिषद युक्रेनमा युद्ध रोक्न असफल भएको स्वीकार गरेका छन् ।

युद्ध अन्त्य तथा शान्ति स्थापनाको पहलस्वरुप युक्रेन भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रसंघ महासचिव गुटरेजले यस्तो बताएका हुन् ।

‘म स्पष्ट हुन चाहन्छ, (यसले) युद्ध रोक्न वा अन्त्य गर्नका लागि असफलता देखायो ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘यो ठूलो निराशा, कुण्ठा र क्रोधको श्रोत हो ।’

विश्वमा शान्ति स्थापना र सुरक्षाको जिम्मा पाएको १५ सदस्यीय सुरक्षा परिषद्ले आक्रमणका विरुद्ध कुनै कदम चाल्न असफल भएको भन्दै यसको चर्को आलोचना हुने गरेको छ ।

सुरक्षा परिषद्को स्थायी सदस्य मुलुक रुसले सुरक्षा परिषद्मा युद्धका विषयमा आएका प्रस्तावमा बेलाबेला आफ्नो विशेषाधिकार भिटो पनि प्रयोग गर्दै आएको छ ।

यद्यपि उनले हार नमान्ने टिप्पणी गरे । ‘म यहाँ राष्ट्रपति र युक्रेनी जनतालाई भन्न चाहन्छु, हामी हार मान्नेवाला छैनौँ ।’

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ५२ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४