कैलालीमा पालिका प्रमुख पदका १६ जनाले उम्मेदवारी फिर्ता लिए « Khabarhub

कैलालीमा पालिका प्रमुख पदका १६ जनाले उम्मेदवारी फिर्ता लिए


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये कैलालीमा १० मेयर र ६ अध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

कैलालीका १३ वटै पालिकामा उम्मेदवारी दिएकामध्ये ७ जना उपप्रमुखले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगको कार्यक्रम अनुसार वैशाख १६ गते बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले फिर्ता लिन पाउने प्रावधानअनुसार कैलालीमा उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।

धनगढी उपमहानगरपालिकामा १ जना मेयर उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । उम्मेदवारी फर्ता लिनेमा जनमोर्चाका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी अञ्जना श्रेष्ठ (मास्के) रहेको कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

मेयरसहित धनगढीमा जम्मा २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै ६ वटा नगरपालिका रहेको कैलालीमा भजनी नगरपालिकामा मेयर पदमा १ र ५ जना वडा अध्यक्षसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

टीकापुर नगरपालिकामा २ जना प्रमुख, १ उपप्रमुख ४ जना वडा अध्यक्षसहित १२ जना, घोडाघोडी नगरपालिकामा १० वडा अध्यक्ष सहित २३ जना, गौरीगंगा नगरपालिकामा १ जना मेयर, १ जना उपमेयर, १० जना वडा अध्यक्ष सहित २७ जना, गोदावरी नगरपालिकामा ६ वडाध्यक्ष सहित १७ जना, लम्की चुहा नगरपालिकामा ५ जना मेयर र ५ जना उपमेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै वर्दगोरिया गाउँपालिकामा २ जना अध्यक्ष र ३ जना वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् ।

जानकी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष २, वडाध्यक्ष ३ जना र २ जना वडा सदस्य, चुरे गाउँपालिकामा १ जना अध्यक्ष, १ जना वडाध्यक्ष सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कैलारी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष १, वडाध्यक्ष ४ र सदस्य २ जना गरेर ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै मोहन्याल गाउँपालिकामा १ जना गाउँपालिका अध्यक्ष र ३ जना वडाअध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् भने जोशीपुर गाउँपालिकामा भने एक जनाले पनि उम्मेदवारी फिर्ता लिएनन् ।

सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा एक जना मेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै अब ९ जना प्रतिस्पर्धा जाने भएका छन् । धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कविन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट मेयर पदका उम्मेदवार छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : १२ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको