आज २०७९ साल जेठ १५ गते आइतबारको राशिफल « Khabarhub

आज २०७९ साल जेठ १५ गते आइतबारको राशिफल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ १५ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो।

वृष : मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहेपनि प्रेममा भने धोका पाइनेछ।

मिथुन : अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट : दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या : भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

तुला : दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक : बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन्। पारिवारिक तनाव बढ्नेछ।

धनु : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दु:ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ : आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मिन : आजको लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आफन्तसँग बोल्दा सचेत हुनुपर्नेछ। भूमिसम्बन्धी कामबाट फाइदा हुनेछ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ३३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय