रुस-युक्रेन युद्धमा आणविक हतियार प्रयोग हुन्न : बेलायत « Khabarhub

रुस-युक्रेन युद्धमा आणविक हतियार प्रयोग हुन्न : बेलायत


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतका लागि रुसी राजदूतले आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन् । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियमअनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताए ।

राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग गर्न सकिने उलने बताए । ‘आणविक हतियारको हालको कारबाहीसँग कुनै सरोकार छैन’, उनले आइतबार बिहान भनेका छन् ।

भ्लादिमिर पुटिनले आक्रमण लगत्तै फेब्रुवरीको अन्तमा आफ्ना आणविक सेनाहरूलाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए । पुटिनले यसको दोष नेटो र पश्चिमा देशहरुको आक्रमक व्यवहारलाई दिएका थिए । तर, पुटिनको अभिव्यक्तिलाई बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमा भइरहेको गलत क्रियाकलापबाट मानिसहरुलाई अन्यत्र ध्यान मोड्ने प्रयास बताएका थिए । यसैबीच रुसी सेनाले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ७ : ३३ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ