टिमोर लिस्टेसँग बराबरीमा रोकियो नेपाल « Khabarhub

टिमोर लिस्टेसँग बराबरीमा रोकियो नेपाल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २-२ को बराबरीमा रोकिएको छ ।

नेपाली टोली कुवेतमा हुने छनोट प्रतियोगिताअघि अभ्यासका लागि कतार पुगेको थियो । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा २-० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै नेपाल हारको संकटबाट जोगिएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल २-० ले पछि परेको थियो । ४४औं मिनेटमा अग्रता लिएको टिमोर लिस्टेले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पार्यो । ५१ र ८४ औं मिनेटमा गोल गर्दै नेपाल खेलमा फर्किएको थियो ।

कुवेतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए । उनले स्ट्राइकर नवयुग श्रेष्ठलाई कप्तानीको जिम्मेवारी दिएका थिए।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा सेवा सुबिधाको माग राख्दा प्रशिक्षक अल्मुताइरीले अपमानजनक व्यहार गरेको भन्दै अञ्जन विष्ट, विमलघर्ती मगर, सुजल श्रेष्ठलगायत १० खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए ।

नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्नेछ । नेपाल कतारबाटै कुवेत प्रस्थान गर्नेछ । समूह ‘ए’ मा रहेको नेपालले ८ जुनमा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।

प्रत्येक समूहको विजेताका साथै उपविजेता मध्येको उत्कृष्ट पाँच टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुनेछ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ९ : ४२ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर